विन्ध्यवासिनी माविका पूर्व विद्यार्थी सम्मानित

पोखरा ।
पोखराको बाटुलेचौरमा रहेको विन्ध्यवासिनी माध्यमिक विद्यालयले पूर्व विद्यार्थीलाई सम्मान गरेको छ । हीरक जयन्ती समापन तथा नवनिर्मित भवन उद्घाटनको पूर्व सन्ध्यामा विद्यालयमा आयोजित पुनर्मिलन कार्यक्रममा विद्यार्थीहरुलाई सम्मान गरिएको हो ।
विद्यालयले स्थापनाकालीन विद्यार्थी ईन्द्रबहादुर बाँनिया, हेमबहादुर बाँनिया, जीवबहादुर बाँनिया, चतुरमान श्रेष्ठ, लोकबहादुर थापा, क्या. उदयबहादुर भण्डारी, उक्तप्रसाद पौडेल, कृष्णप्रसाद तिमिल्सिना, ई. कोमलप्रसाद तिमिल्सिना, दशरथ गौतम, ज्ञानबहादुर केसी र टेकनाथ काफ्लेलाई सम्मान गरेको हो ।
पहिलो प्रवेशिका परीक्षा २०२१ मा सहभागी नरहरि भट्टराई, बलराज पौडेल, कृष्णमानसिंह भण्डारी, मूलराज तिमिल्सिना, तोयानाथ पौडेल, शालिग्राम अधिकारी, पूर्व विद्यार्थी संघीय संसद सचिवालयका महासचिव डा. भरतराज गौतम, महालेखा परीक्षकको कार्यालयका सचिव एवं नायब महालेखापरीक्षक महेश्वर काफ्ले, विन्ध्यवासिनी माविका संस्थापक प्राचार्य नरहरि भट्टराईसहित विद्यालयलाई देशकै नमुना सामुदायिक विद्यालय बनाउन खटिने विद्यालयका ६६ शिक्षक कर्मचारीलाई सम्मान गरिएको छ ।
कार्यक्रममा गण्डकी प्रदेशका भौतिक पूर्वाधार, सहरी विकास तथा यायातात व्यवस्था मन्त्री कुमार खड्का, प्रदेश नं १ का पूर्व प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासी, प्रदेश सभा सदस्य पुष्पा केसी भण्डारी, विद्यालय व्यवस्थापन समिति अध्यक्ष चन्द्रा थापा र प्रधानाध्यापक कृष्णप्रसाद आचार्यले उनीहरुलाई सम्मान गरेका हुन् । सोही अवसरमा विद्यालयमा १० जोड २ स्थापनाकालीन शिक्षक निर्मल सापकोटा, भोजबहादुर थापा, राजेन्द्रबहादुर देवकोटा, महेन्द्र रिमाल, श्रीधर न्यौपाने र धनेश्वर रखालसमेत सम्मनित भए ।
विद्यालय व्यवस्थापन समितिबाट दिइने अध्यक्ष पदक विद्यालयका सहायक प्रधानाध्यापक रामबहादुर बाँनियाले पाए । त्यस्तै, २५ वर्ष स्थायी सेवा सम्मानबाट प्रधानाध्यापक कृष्णप्रसाद आचार्य र पार्वती बाँनिया, दीर्घ सेवा सम्मानबाट लेखापाल भीमबहादुर गायक र टोपली गायक, १५ वर्षे सेवा सम्मानबाट ईश्वर खडका र महेन्द्रप्रसाद पौडेल, १० वर्षे सेवा सम्मानबाट सपना रेग्मी, सविता अधिकारी र उत्कृष्ट कर्मचारीको रुपमा चमेरे गुफामा कार्यरत सरिता थापा कार्की सम्मानित बने ।
मन्त्री खडकाले विद्यालयको शैक्षिक उन्नयनमा पूर्वविद्यार्थीहरुको भूमिका उल्लेखनीय हुने औंल्याए । विद्यालय व्यवस्थापन समिति अध्यक्ष चन्द्रा थापाको अध्यक्षतामा भएको कार्यक्रममा पूर्व प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासी, विद्यालयका सल्लाहकार दानबहादुर बाँनिया, भूपू विन्ध्यवासिनी विद्यार्थी मञ्चका अध्यक्ष हरि बरुवाल, प्रधानाध्यापक आचार्य, विद्यार्थी एलिस अधिकारी लगायतले बोलेका थिए ।








‘कुलमान, बालेनसँग मिले एकता, नभए चुनावी सहकार्य’
समता काव्य सन्ध्या’ को ३८८ औं श्रृंखला
पर्यटन प्रवर्धनका लागि ‘टुर दि पोखरा’
साहारा बाल आधारभूत विद्यालयका ३४ विद्यार्थीलाई जुत्ता र मोजा वितरण
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया