राप्रपा अध्यक्ष लिङ्देन पोखरा आउँदै

समाधान संवाददाता २०७९ साउन ३० गते १८:२९

पोखरा ।
राष्ट्रिय प्रजातन्त्र पाटीका अध्यक्ष राजेन्द्र लिङ्देन मंगलबार पोखरा आउँदैछन् । मंगलबार विहान पोखरा आएर लिङ्देन दिनभर विभिन्न कार्यक्रममा व्यस्त रहने राप्रपा कास्कीका प्रवक्ता अरुण गिरीले जानकारी दिए ।

लिङ्देनले मंगलबार विहान राप्रपा कास्की प्रतिनिधी सभा क्षेत्र नम्बर १ को कार्यालय उद्घाटन गर्ने कार्यक्रम रहेको छ । सो अवसरमा विभिन्न पार्टी परित्याग गरी राप्रपा प्रवेश गर्न चाहनेहरुलाई लिङ्देनले पार्टी प्रवेश गराउनेछन् । राप्रपाले मंसिर ४ गते हुने प्रतिनिधी सभा र प्रदेश सभा निर्वाचन लक्षित पोखरा– ३० खुदीमा निर्वाचन क्षेत्र स्तरीय कार्यालय स्थापना गरेको छ ।

निर्वाचन क्षेत्र स्तरीय कार्यालय उद्घाटन तथा पार्टी प्रवेश कार्यक्रम पश्चात लिङ्देन भण्डारढिकको नर्मदेश्वर मोक्षधाम संरक्षण समितिले आयोजना गरेको हरिनाम संकिर्तन कार्यक्रमको समापन समारोहमा सहभागी हुनेछन् । उक्त कार्यक्रम साउन १ गतेदेखि शुरु भएको थियो भने साउन मसान्तका दिन मंगलबार समापन हुँदैछ ।

Advertisement

नर्मदेशवर मोक्षधाममा कर्दम–कश्यप लगायत ऋषिमुनिहरुले साधना गरेको स्थानीयको विश्वास छ । उक्त स्थानमा राजा ज्ञानेन्द्र शाहले पनि पुजाआजा गरेका समितिका अध्यक्ष झविन्द्रराज आचार्यले बताए ।

राप्रपा अध्यक्ष लिङ्देनले उक्त कार्यक्रममा सहभागी पश्चात कार्यकर्ता भेलालाई संवोधन गर्ने कार्यक्रम रहेको छ । राप्रपा कास्कीले पोखराको अमरसिंहमा आयोजना गरेको कार्यकर्ता भेलालाई संवोधन गरेर लिङ्देन मंगलबार नै काठमाडौं फर्कने प्रवक्ता गिरीले जानकारी दिए ।

Advertisement

तपाईको प्रतिक्रिया