पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा दोस्रोपटक २ जनाको मृर्गौला प्रत्यारोपण

पोखरा ।
पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा एकै दिन २ जनाको मृर्गौला प्रत्यारोपण भएको छ । साउन २५ गते शनिवार शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको सहयोग तथा कार्यकारी निर्देशक डाक्टर पुकार चन्द्र श्रेष्ठ नेतृत्वको टोलिले एकै दिन २ जनाको मृर्गौला प्रत्यारोपण अस्पतालका निर्देशक भरत खत्रीले बताए ।
स्याङ्जा जिल्ला चापाकोट नगरपालिकाका ४२ वर्षिय पूरुष र कास्की जिल्ला रुपाकोट गाउँपालिकाका, ५३ वर्षीया पूरुषको सफल मृर्गौला प्रत्यारोपण गरिएको उनले बताए । निर्देशक खत्रीका अनुसार दुवै जना पुरुषलाई उनीहरुका पत्नीले मिर्गौला हुन् । स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत पर्ने पश्चिमाञ्चल अस्पताले गत असार ९ गते पहिलो पटक मृर्गौला प्रत्यारोप सुरु गरेको थियो । यो दोस्रो पटक तेस्रो औं मृर्गौला प्रत्यारोपण हो ।
असारमा ५० बर्षिया महिलाको सफल शल्यक्रिया गरेको थियो । मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुरको सहयोगमा त्यहाँका विशेषज्ञसहित क्षेत्रीय अस्पतालका विशेषज्ञ चिकित्सकहरुले महिलामा मिर्गौला प्रत्यारोपण सफल गरेका थियो । यतिबेला श्रीमानले श्रीमतिलाई मृर्गौला दिएका थिए ।
अस्पतालका उपकुलपति प्राध्यपक डाक्टर डुकबहादुर क्षेत्री र निर्देशक भरत खत्रीले प्रत्यारोपण सेवाले अब निरन्तरता पाउने बताए । निर्देशक खत्रीका अनुसार असपतालले प्रत्येक महिनाको २ वटा प्रत्यारोपण गराउने बताए । शहीद धर्मभक्त प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा पुकार चन्द्र श्रेष्ठले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई प्रत्यारोपण सेवामा आत्म निर्भर बनाउनको लागि नेफ्रोलोजिष्ट, सर्जन, एनेस्थेसियोलोजिष्ट, कोर्डिनेटर र ओटी तथा आइ सी यु नर्सहरुलाई तालिम दिई रहेको खत्रीले बताए ।







जेनजी आन्दोलनका बेला तोडफोडमा संलग्न रास्वपा नेतासहित ५ पक्राउ
औषधीको जेनेरिक नाम उल्लेख गर्न नागरिक अभियानको माग
स्याङ्जाको सिडिओ कार्यालयले जग्गा प्रयोग गरेबापत श्रेष्ठलाई १ करोड रुपैयाँ क्षतिपूर्ति
कालिका बहुमुखी क्याम्पसका गौतमलाई उत्कृष्ट क्याम्पस प्रमुखको सम्मान
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
मन लोभ्याउने पुनहिल
पोखरामा रातिसँगै बसेर रक्सी खाए, तेस्रो भेटमै हत्या गरे
तपाईको प्रतिक्रिया