राष्ट्रपति भण्डारीद्वारा अन्नपूर्ण केबलकारको अवलोकन

समाधान संवाददाता २०७९ साउन ३० गते २१:०६

पोखरा ।
राष्ट्रपति विद्यादेवी भण्डारीले पोखराको सेदिमा रहेको अन्नपूर्ण केबलकारको अवलोकन गरेकी छन् । सोमबार पोखरा आएकी भण्डारीले केबलकारको अवलोकन गरेको जनरल म्यानेजर दिनेश पौडेलले जानकारी दिए ।

राष्ट्रपति भण्डारीले अवलोकनका साथै केबलकारमा सवारसमेत गरेकी थिइन् । अवलोकनको क्रममा पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य, प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्य र केबलकारका कर्मचारीहरुको सहभागिता थियो ।

Advertisement

तपाईको प्रतिक्रिया