पूर्वमेयर जिसी अस्पताल भर्ना, मेयर आचार्य पुगे भेट्न

पोखरा ।
पोखरा महानगरपालिकाका पूर्व मेयर मानबहादुर जिसी अस्वस्थ भएपछि अस्पतालमा भर्ना भएका छन् । सोमबार बेलुका अकस्मात् छातीमा समस्या देखिएपछि उनलाई फेवा सिटी हस्पिटलमा भर्ना गरिएको हो ।
जिसीको आइसियु कक्षमा उपचार भइरहेको डा बुद्धि बहादुर थापाले जानकारी दिए । ‘छाती दुखेर अस्पतालमा ल्याइएको रहेछ, हामीले मुटु रोगको समस्या हो की भनेर आइसियुमा राखेर उपचार सुरु गरेका थियौ, मुटुको समस्या रहेनछ, ग्यास्ट्रिक लगायतका अन्य समस्या देखिएकोले सोहीअनुसार उपचार गरिरहेकाछौं’, डा थापाले भने ।
पूर्व मेयर जिसी अस्वस्थ भएको थाहा पाएपछि महानगरका मेयर धनराज आचार्यले अस्पतालमा पुगेर उनको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । ‘चेस्ट पेन भएपछि पूर्व मेयर मानबहादुर जिसी ज्यू अस्पतालमा भर्ना हुनुभएको रहेछ, उहाँ बोल्न सक्ने अवस्था मै हुनुहुन्छ । उपचारमा संलग्न डाक्टरहरूले अवस्था सामान्य छ, मुटुको समस्या होइन भन्नुभएको छु’, मेयर आचार्यले भने ।
डा थापाका अनुसार जिसीलाई मंगलबार साँझ नै डिस्चार्ज गर्ने सम्भावना रहेको छ ।









सहज सेवा प्रवाहबाट संघीयता सबल हुन्छः मुख्यमन्त्री पाण्डे
भद्रकाली माविलाई सत्य युवा क्लबको सहयोग
गोल्डेन ट्र्यांगल बाइक टूर टोली पोखरामा, टेवानले गर्यो स्वागत
रिभानमा एक्यापको ३९औँ वार्षिकोत्सव, कृषि प्रदर्शनी र संरक्षणकर्मीलाई सम्मान
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया