लिंकन कलेजमा सुरु भयो एमबिए

पोखरा ।
पोखराको सिमलचौरमा रहेको पोखरा लिंकन इन्टरनेसनल कलेजमा एमबिए कक्षा सञ्चालन हुने भएको छ । लिंकन युनिभर्सिटी मलेसियाबाट सम्बन्धन प्राप्त कलेजले एमबिएको कक्षा चलाउने तयारी सुरु गरेको कार्यकारी निर्देशक राजकुमार गुरुङले जानकारी दिए ।
कलेजले एमबिएको २ वर्षे कोर्षका लागि सेप्टेम्बर र मार्च गरी वर्षमा २ पटक भर्ना लिनेछ । कक्षा सञ्चालन बिहान वा साँझ कुन सयमा गर्ने निक्र्याेलका लागि अध्ययन भइरहेको गुरुङले जानकारी दिए । ‘बिहान वा साँझ कक्षा सञ्चालनका लागि विद्यार्थीको रुचि र चाहना के कस्तो हुन्छ, अध्ययन गरिरहेका छौं,’ उनले भने ।
कलेजले बिबिए र बिएचएम कक्षा २०६९ बाट सञ्चालन गरिरहेको छ । पोखरामा ४ दशकअघि स्थापना भएको लिटिल स्टेप स्कुलले लिंकन कलेजको प्रवद्र्धन गरेको छ । कलेजले आफ्नै सुविधा सम्पन्न भवनमा पठनपाठनको व्यवस्था गरेको छ ।
अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न सक्ने गरी विद्यार्थी उत्पादन गर्न सफल भएको संस्थापक अध्यक्ष शेरबहादुर गुरुङले दाबी गरे । लिटिल स्टेप सेकेन्डरी स्कुल अन्तर्गत प्लस टुमा साइन्स, म्यानेजमेन्ट र होटल म्यानेजमेन्टमा भर्ना प्रक्रिया अभियान जारी छ ।







एमालेको काँधमा देशको जिम्मेवारी छ : अध्यक्ष ओली
पर्यटकीय गन्तव्यका रुपमा विकास हुँदै चांगा
कटुवा पेस्तोलसहित एक जना पक्राउ
दोभान कपमा पहिलो चरणका खेल
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया