सम्पादकीः संक्रमणको जोखिम फेरी बढ्यो

समाधान संवाददाता २०७९ भदौ १ गते १२:४३

नेपालमा कोभिड १९को संक्रमण दर बढेसँगै चौथो लहरमा प्रवेश गरेको अनुमान गरिएपनि सरकारी स्तरबाट औपचारिक रुपमा घोषणा भएको छैन । संक्रमणको जोखिम बढेसँगै जनस्वास्थ्यका विज्ञहरुले चौथो चरण आउन सक्ने आंकलन गरी आवश्यक तयार अपनाउन सुझाएका छन् ।

Advertisement

कोभिड १९को सक्रिय संक्रमित र दैनिक संक्रमण दर बढेपछि रोकथाम र नियन्त्रणका लागि स्वास्थ्य निकाय, स्थानीय प्रशासन, गण्डकी प्रदेश सरकार आवश्यक तयारीमा जुटेका छन् । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पछिल्लो २४ घण्टाको अवधीमा कास्कीमा ४४ सहित १सय ३ जनामा संक्रमण पुष्टि भएको छ । यो पुष्टि भएकासँगै गण्डकीमा कोभिड १९ संक्रमितको संख्या १ लाख ३ हजार ७ सय ९६ पुगेको छ । प्रदेशमा ६ सय ३ सक्रिय संक्रमित छन् । नेपालमा पछिल्लो २४ घण्टाको अवधीमा ८ सय ४८ जना संक्रमित भएका छन् । भने १ जनाको ज्यान गएको छ ।

अहिले देश भरीमा ५ हजार २ सय ५८ सक्रिय संक्रमित छन् । नेपालको सन्दर्भमा गत असार महिना यता कोभिड १९को संक्रमण दर तिब्र रुपमा बढेको छ । पछिल्ला अवधिमा १७ प्रतिशतको दरले कोभिडको संक्रमण दर बढेको पाइएको छ । आवश्यक पूर्व तयारी सबै उमेर समुहका नागरिकलाई खोपको व्यवस्था नगरे कोभिडको संक्रमण दर अझ बढ्ने देखिएका छ । स्वास्थ्य संस्था, अस्पतालहरूलाई उच्च सतकर्ता अपनाउन र उपचार व्यवस्थापन जुट्न पर्ने अवस्था आएको छ ।

Advertisement

नेपालमा पछिल्लो समयमा ओमिक्रोन कोरोनाभाइरसको नयाँ उपप्रकार (सब–भेरिअन्ट) पनि फेला परेको छ । ओमिक्रोन बीए फाइभ भेरिअन्टको नयाँ उपप्रकार बीएफ वन नेपालमा पनि देखा परेको हो । बीएफ वन ओमिक्रोन बीए फाइफ भन्दा झन्डै ३५ प्रतिशत बढी सक्रामक हुन्छ । विश्व स्वास्थ्य संगठनले बीएफ वनसहितका ओमिक्रोनका अन्य प्रकारहरूलाई भेरिअन्ट अफ कन्सर्न अर्थात् चिन्ताजनक भेरिअन्ट को रूपमा सूचीकृत गरेको छ ।

खोप नलगाएका तथा जटिल दीर्घरोग भएका व्यक्तिहरुले कोभिड १९को जोखिमको सामना गरेका छन् । भने मृत्युको जोखिम पनि उच्च देखिएको छ । सरकारले सबै उमेर समुहका नागरिकलाई खोप लगाउनको लागि प्रयाप्त ध्यान दिनु पर्ने देखिन्छ । सरुवा तथा संक्रामक रोगबाट सुरक्षित रहनको लागि आम नागरिक स्तरबाट स्वास्थ्य सुरक्षा मापदण्डको पालनादेखि व्यक्तिगत सरसफाईमा समेत ध्यान दिनु पर्छ ।

Advertisement

कोभिड १९को संक्रमण कहाँ कसरी र कुनै रुपमा फैलन्छ त्यसको कुनै निश्चित हुदैन । त्यसैले विश्वव्यापी रुपमा परेको प्रभाव र विगतमा नेपालले भोग्नु परेको जनधनको क्षतिबाट पाठ सिकी नेपाल सरकार र यसका सम्बन्धित निकायहरूले समयमै कोभिड १९ संक्रमण र महामारी नियन्त्रणको लागि निरन्तर रुपमा काम गर्नु आवश्यक छ । सेवा प्रदायक सरकारी निकाय, मानिसको भीडभाड हुने स्थान, विश्वविद्यालय, विद्यालय र शिक्षण संस्था, धार्मिक स्थल र नियमित भिडभाड हुने प्रकृतिका व्यावसायिक तथा मनोरञ्जनस्थलहरूका साथै गोष्ठी, सेमिनार, बैठक जस्ता मानिसको जमघट हुने कार्यक्रममा अनिवार्य मास्क लगाउनेदेखि सेनिटाइजरको व्यवस्था गर्ने, भौतिक दुरी कामय गर्ने लगायत जनस्वास्थ्यका मापदण्डहरूको अनिवार्य पालना गर्ने व्यवस्था मिलाउन पर्ने देखिन्छ ।

तपाईको प्रतिक्रिया