अभावमा सफलता खोज्दै फेन्सिङ खेलाडी

पोखरा ।
कास्कीका फेन्सिङ खेलाडी अभावमा सफलता खोज्दै छन् । कार्यालय र प्रशिक्षण गर्ने ठाउँ नभएर समस्यामा परेका खेलाडीलाई ऊर्जा थप्न राष्ट्रिय खेलकुद परिषदका सदस्य राजेशकुमार गुरुङको सहयोग महत्वपूर्ण बनेको छ ।
१ महिनाअगाडि पोखरा रंगशालामा रहेको मल्टिप्रपोज हलमा प्रशिक्षण हलमा प्रशिक्षण गर्ने व्यवस्था मिलाएका सदस्य गुरुङले मंगलबार प्रशिक्षण स्थल निरिक्षण गरे । त्यहाँ पुग्दा आर्थिक अवस्था कमजोर हुँदा दैनिक रुपमा प्रशिक्षणमा आउन खेलाडीलाई समस्या पर्ने गरेको उनले थाहा पाए । तत्कालै उनले ६ जना फेन्सिङ खेलाडीलाई नगद सहयोग गरे ।
सहयोग हस्तान्तरण गर्दै उनले ३९ वर्षपछि गण्डकी प्रदेशमा आयोजना हुन लागेको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको राम्रो तयारी गर्न खेलाडीलाई सुझाए । गुरुङ नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्र्तगतको खेल मैदान व्यवस्थापन उपसमिति संयोजकसमेत हुन् ।
आठांै खेलकुद प्रतियोगितामा टिम इभेन्टमा काँस्य पदक हात पारेका फेन्सिङ खेलाडी यसपालि अझ उच्च मनोबलका साथ प्रतिष्पर्धामा उत्रने जिल्ला फेन्सिङ संघ कास्की अध्यक्ष विजय शाहीले बताए । कास्की जिल्लामा झण्डै ६० फेन्सिङ खेलाडी रहेको भए पनि आफूहरुले अहिले जुनियरलाई फोकस गरेको शाहीले सुनाए । ‘हुन त यहाँ सातौ देखि खेलेका खेलाडी पनि छन्,’ उनले भने । फेन्सिङका खेलाडीले पर्फमेन्सको आधारमा अवसर पाइरहेको उनले सुनाए । यसपालि महिला र पुरुष दुवै तर्फको टिम राम्रो रहेको उनको भनाइ छ ।
‘इकुप्मेन्ट नहुँदा समस्या परेको छ । आजसम्म एक थोपा पानी पनि सहयोग छैन, जेनतेन आइरहेका छन् । गुनासो खासै सुनुवाइ भएको छैन । तरपनि राम्रो गर्ने कोशिस गरिरहेका छौं,’ अध्यक्ष शाहीले भने । राखेप सदस्य गुरुङले गरेको सहयोगले केही मलमपट्टी भने लागेको उनले सुनाए ।









प्रजातन्त्र सेनानी कर्णशंकर पालिखेको निधन
तानातानबीच रतनपाण्डे माविमा प्रधानाध्यापक बनिन् संगीता पोखरेल
पोखराका ताल–सिमसार क्षेत्रमा प्रजाति विविधता घट्यो
हाफ म्याराथनको उपाधि गुरुङलाई
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकीमा ‘मुख्यमन्त्री सुशासन फेलोसिप’ खुल्यो : युवालाई मासिक ३० हजार पारिश्रमिक
तपाईको प्रतिक्रिया