शौर्य सिमेन्टको ‘एक पिल्लर मलाई’ अभियान जारी

समाधान संवाददाता २०७९ भदौ १ गते १५:४४

काठमाडौं ।
शौर्य सिमेन्ट इन्डस्ट्रिजले मुलुकका विभिन्न जिल्लालाई लक्षित गर्दै ‘एक पिल्लर मलाई’ अभियान सुरु गरेको छ । शौर्य सिमेन्ट इन्डस्ट्रिजले मेची, कोशी, जनकपुर, सलार्ही र महोत्तरीमा ‘एक पिल्लर मलाई’ योजना अभियान सञ्चालन गरेको हो ।
पोखरा, चितवन, सिरहा, उदयपुर र सप्तरीमा यसअघि सञ्चालन गरिएको अभियानको सफलतापछि शौर्य सिमेन्टले ग्राहकको बढ्दो मागलाई ध्यानमा राखेर सो अभियान विस्तार गरेको जनाएको छ ।

सो योजना अन्तर्गत कुनै पनि नयाँ आवासीय भवन निर्माण गर्दा शौर्य सिमेन्टका प्राविधिक प्रतिनिधिले निर्माण स्थलमा पुगेर शौर्य सिमेन्ट प्रयोग गरी निशुल्क १ पिल्लर कास्टिङ गरिने कम्पनीले जनाएको छ । पिल्लर कास्टिङ गरेको एक सातापछि प्राविधिकले निशुलक रुपमा भारवहन क्षमता परीक्षण गरी सोको प्रमाणपत्र प्रदान गर्ने कम्पनीले जनाएको छ । सो योजनामा सहभागी हुनका लागि विज्ञापनमा दिइएको क्युआर कोड स्क्यान गरी वेबसाइटमा गई फारम भर्न सकिनेछ ।

यसका साथै टोल फ्रि नम्बर १६६००११२४४४४ (एनटीसी) वा ९८०१५७२११२ (एनसेल) मा सम्पर्क गर्न सकिनेछ । शौर्य सिमेन्ट इन्डस्ट्रिज सिरहाको मिर्चैयामा छ । सो उद्योगले हाल ४३ ग्रेडको ओपिसी र ५३ ग्रेडको ओपिसी र पिएससी सिमेन्ट उत्पादन गर्दै आएको छ । उद्योगले दैनिक रुपमा ७० हजार बोरासहित ३५ सय मेट्रिक टन उत्पादनको क्षमता छ ।

Advertisement

शौर्यले सिमेन्ट उतपादनमा गुणस्तरीय कच्चा पदार्थको प्रयोग गर्दै आएको दाबी गरेको छ । सो उद्योगले उदयपुरको चुनढुंगा प्रयोग गर्ने गरेको छ ।

Advertisement

तपाईको प्रतिक्रिया