जस्मिन पेन्ट्सको १ वर्षे अफर

समाधान संवाददाता २०७९ भदौ २ गते ११:३७

पोखरा ।
जस्मिन पेन्ट्सले आउँदै गरेका नेपालीका चाडपर्वलाई लक्षित गरी उपहार योजना सार्वजनिक गरेको छ । जस्मिनले बुधबारबाट ०८० सालको साउन मसान्तसम्मका लागि अफर ल्याएको हो । ‘वर्षभरी हर्ष, प्रत्येक महिना लखपति, उपहार त कति कति’ भन्ने उद्घोषका साथ ग्राहक लक्षित उपहार योजना सञ्चालमा ल्याइएको हो ।

योजनामार्फत जस्मिन पेन्ट्सका उत्पादन खरिद गर्ने ग्राहकमध्ये लक्की ड्रमार्फत प्रत्येक महिना १ सय १२ जनाले बिभिन्न उपहार पाउने छन् । १ जनाले नगद १ लाख, १ जनाले स्मार्ट मोबाइल फोन, १० जनाले इलेक्ट्रिक राईस कुकर र सय जनाले आकर्षक भित्ते घडी प्राप्त गर्ने छन् ।

यो उपहार योजनामा सहभागी हुन पेन्ट्सका उत्पादनहरु खरिद गर्नुपर्ने छ । ७५ हजारदेखि १ लाखसम्मको खरिदमा १ र १ लाखदेखि १ लाख ५० हजारसम्मको खरिदमा २ कुपन दिइनेछ । डेढ लाखमाथिको खरिदमा ३ वटा कुपन ग्राहकले पाउने छन् । लक्की ड्रमा समावेश गरिएका कुपनबाट प्रत्येक महिना १ सय १२ बिजेता छानिने छन् ।

Advertisement

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अवार्डहरुबाट सम्मानित जस्मिनले २१ औं शताब्दीका चुनौतीलाई सामना गर्न सक्ने उत्पादन बजारमा ल्याएको दाबी गरेको छ ।

Advertisement

तपाईको प्रतिक्रिया