हिम पर्वत हाईड्रोपावरको आईपीओ आउँदै
समाधान संवाददाता
२०७९ भदौ २ गते १३:०२

काठमाडौं ।
हिम पर्वत हाईड्रोपावर लिमिटेड र सिबिआईएल क्यापिटल लिमिटेड बिच साधारण शेयर निष्काशन सम्बन्धी सम्झौता भएको छ । बिहीबार काठमाडौंमा हिम पर्वत हाईड्रोपावर लिमिटेडका तर्फबाट अध्यक्ष श्री हिमाल गुरुङ तथा सि.बि.आई.एल क्यापिटल लिमिटेड का तर्फबाट का मु प्रमुख कार्यकारी अधिकृत श्री उज्ज्वल चन्दले हस्ताक्षर गरेको हुन् ।
सम्झौता अनुसार सिबिआईएल क्यापिटल लिमिटेडले हिम पर्वत हाईड्रोपावर लिमिटेडको १४ लाख कित्ता शेयर आयोजना प्रभावित स्थानीय तथा २८ लाख कित्ता शेयर सर्वसाधारण गरी जम्मा ४२ लाख कित्ता साधारण शेयर निष्काशन गर्ने बताइएको छ ।
हिम पर्वत हाईड्रोपावर लिमिटेडले दोलखा जिल्लामा २०.०० मेवाको सागुँ खोला जलविद्युत आयोजना र ५.५० मेवाको सागुँ खोला—१ जलविद्युत आयोजना गरी जम्मा २५.५० मेवाको जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।
सम्बन्धित







‘कुलमान, बालेनसँग मिले एकता, नभए चुनावी सहकार्य’
समता काव्य सन्ध्या’ को ३८८ औं श्रृंखला
पर्यटन प्रवर्धनका लागि ‘टुर दि पोखरा’
साहारा बाल आधारभूत विद्यालयका ३४ विद्यार्थीलाई जुत्ता र मोजा वितरण
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया