नेपाल टेलिकमले ल्यायाे इन्डिया भ्वाइस प्याक

समाधान संवाददाता २०७९ भदौ २ गते १५:५२

पोखरा ।
नेपाल टेलिकमले ग्राहकहरुको सहजताका लागि भारतमा कल गर्न इन्डिया भ्वाइस प्याक उपलब्ध गराएको छ । बुधबार देखि लागु भएको यस प्याकेज अन्तर्गत उपलब्ध दैनिक, साप्ताहिक र मासिक मध्ये आफूलाई उपयुक्त अफर छनोट गरी सदुपयोग गर्न सकिन्छ ।

दैनिक अफर अन्तर्गत २४ घण्टाका लागि ५९ रुपैयाँमा १७ मिनेटको प्याक प्राप्त गर्न सकिनेछ । साप्ताहिक अफर अन्तर्गत ७ दिनका लागि २ सय ५९ रुपैयाँमा ७५ मिनेट र मासिक अफर अन्तर्गत ३० दिनका लागी २ सय २१ मिनेट प्याक खरिद गर्न ७ सय ५९ रुपैयाँ लाग्नेछ ।

एक्सेस कोडहरु ००, १४२४, १४२५ वा १४४५ प्रयोग गरी भारतमा उपलब्ध कुनै पनि मोबाइल तथा टेलिफोन नम्बरमा फोन गर्न सकिन्छ । यो प्याकेज खरिद गर्नका लागि आफ्नो मोबाइलबाट स्टार १४१५ ह्यास डायल गरी ७ नम्बर छनोट पश्चात् खरिद प्रक्रिया अघि बढाउन सकिनेछ ।

Advertisement

तपाईको प्रतिक्रिया