जनप्रिय क्याम्पस प्रमुखमा लोकराज

पोखरा ।
पोखराको सिमलचौरमा रहेको जनप्रिय बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा लोकराज भण्डारी नियुक्त भएका छन् । भण्डारीलाई बिहीबार भएको कार्यक्रममा गण्डकी प्रदेश सरकारका अर्थमन्त्री रामजीप्रसाद बराल ‘जीवन’ले पदस्थापन गराए ।
मन्त्री बरालले जनप्रिय बहुमुखी क्याम्पसलाई स्वस्थ प्रतिष्प्रर्धाको केन्द्र बनाउन सुझाव दिए ।
मावि तहको शिक्षाको स्वामित्व पनि प्रदेश सरकारलाई दिनुपर्ने उनको भनाइ छ । क्याम्पसको भौतिक पूर्वाधार निर्माण एवं गुणस्तरीय शिक्षामा सुधारका लागि पहल गर्ने मन्त्री बरालले जनाए । क्याम्पस प्रमुख भण्डारीले सबैसँग समन्वय गरी क्याम्पसको शैक्षिक गुणस्तर कायम गर्ने प्रतिवद्धता गरे । अब नयाँ ढंगले अघि बढ्ने जनाउँदै क्याम्पस प्रमुख भण्डारीले विभिन्न योजना कार्यान्वयन गर्ने क्रममा भोकाे पेट नहुने गरी व्यवस्थापन गर्ने जनाए ।
क्याम्पस प्रमुख तारा गिरीको अध्यक्षतामा भएको कार्यक्रममा प्राडा देवेन्द्र लामिछाने, सहायक क्याम्पस प्रमुख भेषराज उपाध्याय, क्याम्पसका सल्लाहकार हरिनारायण गिरी (विज्ञान), नेपाली विभाग प्रमुख गोपालप्रसाद बराल लगायतले बोलेका थिए । जनप्रियमा ५ हजार ५ सय विद्यार्थी छन् । क्याम्पसमा ०७४ देखि पर्वतीय पर्यटन बिषयसमेत पठनपाठन हुँदैछ ।







एमालेको काँधमा देशको जिम्मेवारी छ : अध्यक्ष ओली
पर्यटकीय गन्तव्यका रुपमा विकास हुँदै चांगा
कटुवा पेस्तोलसहित एक जना पक्राउ
दोभान कपमा पहिलो चरणका खेल
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया