नीति प्रेसले तीज गीत प्रतियोगिता गर्ने

समाधान संवाददाता २०७९ भदौ ३ गते १५:२१

पोखरा ।
नीति प्रेस मिडिया प्रालिले नेपाली महिलाहरुको महान चाँड हरितालिका तीजको अवसरमा खुल्ला तीज गीत प्रतियोगिता आयोजना गर्ने भएको छ । निति प्रेसले तीजको अवसरमा वाई.यु.के.सुपरमार्केट प्रथम खुल्ला तीज गीत प्रतियोगिता–२०७९ आयोजना गर्न लागेको हो । प्रतियोगिता भदौ ११ गते शनिबार पोखरा–१८ फेवाताल किनारस्थित वाई.यु.के.सुपरमार्केटको प्राङ्गणमा हुनेछ ।

Advertisement

‘कला, संस्कृतिको संरक्षण गरौं, पर्यटन प्रवद्र्धन गरौं’ भन्ने नाराका साथ प्रतियोगिता आयोजना गरिएको नीति प्रेस मिडिया प्रालिका प्रमुख कार्यकारी निर्देशक माधव पोखरेलले बताए । ‘बढ्दो आधुनिकीकरण तथा विदेशी कला, संस्कृति, रितिरिवाज, चालचलने गर्दा हाम्रो मौलिक तिरिरिवाज तथा कला संस्कृति ओझेलमा पर्ला भन्ने चिन्ता भो, त्यहि भएर कला र संस्कृतिको संरक्षण गर्दै पर्यटनमा सघाउ पुर्‍याउने उद्देश्यले प्रतियोगिता आयोजना गर्दैछौं,’ उनले भने ।

खुला तीज गीत प्रतियोगिता भएकाले जो कसैलेपनि प्रतियोगितामा सहभागि हुन पाउने निर्देशक पोखरेलले बताए । प्रतियोगितामा ३० समूह सहभागि हुने अपेक्षा गरिएको उनले बताए । प्रतियोगिताको अवसरमा प्रतियोगि समूहबाहेक ख्याती प्राप्त स्थानिय तथा राष्ट्रिय कलाकारहरुको पनि प्रस्तुती रहने उनले जानकारी दिए ।

Advertisement

प्रतियोगितामा प्रथम हुने समूहलाई ३० हजार, द्वितीय हुने समूहलाई २० हजार, तृतीय हुने समूहलाई १० हजारसहित प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ । प्रतियोगिता आयोजना गर्न ३ लाख ७८ हजार खर्च लाग्ने अनुमान गरिएको निर्देशक कार्यक्रम संयोजक गणेश लम्सालले जानकारी दिए ।

Advertisement

तपाईको प्रतिक्रिया