५ सय र हजारको नोट प्रतिवन्ध लगाए भ्रष्टचार रोकिन्छः सुरेन्द्र पाण्डे

समाधान संवाददाता २०७९ भदौ ४ गते २१:५६

पोखरा ।
नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले देशमा भ्रष्टचार बढ्दै गएकाले पाँच सय र हजारको नोटमा प्रतिन्ध लगाउनुपर्ने बताए । उनले बढ्दो आर्थिक संकट र मौलाउदो भ्रष्टचार रोक्ने एक मात्र र सजिलो उपाय १ हजार ५ सय र हजारको नोटलाई प्रविवन्ध लगाउनु पर्ने बताए ।

Advertisement


पोखरामा आयोजित धादिङ पोखरा सम्पर्क मञ्चको ११ औं साधारणसभा तथा तीज विशेष एवं चेलीबेटी भेटघाट कार्यक्रममा बोल्दै पूर्वअर्थमन्त्री पाण्डेले यसो गरेमात्र भ्रष्टचार अन्त्ये हुने बताएका हुन् । ‘अहिले ठूलो कारोबार गर्न पाँच सय र हजारको नोट लिएर जाँदा सानो झोलामा लिएर गए भयो । साटसुट सबैकुरा हुन्छ,’ उनले भने, ‘यदि हजार र पाँच सयको नोटमा प्रतिवन्ध लगाए जग्गा पास गर्न जाँदा कित डिजिटल पेमेन्ट गर्नुप¥यो हैन, भने, ट्रक र बसमा पैसा लैजानुप¥यो ।’


हजार र पाँच सयको नोट प्रतिवन्ध लगाए भ्रष्टचार अन्त्येसँगै डिजिटल पेमेन्टको सुरुवात हुने उनको विश्वास छ । उनले नेपाल केही बर्षपछि नै डिजिटल पेमेन्टमा जाने बताए । धादिङ जन्मेर पोखरामा बसोबास गरेका जनसमुदायलाई सम्बोधन गर्दै उनले धनी बन्न इमान्दार भएर मिहिनेत गरे सफलता प्राप्त गर्न कठिन नहुने बताए । ‘हिजो संघर्ष गरेका मैले चिनेका आज देशका धनाड्य बनेका छन् । मेरै आँखा वरीपरि ५÷६ जना छन्,’ उनले भने, ‘तपाईंहरु पनि मिहिनेत गर्नुस् । अवश्य आफ्नो लक्ष्य पूरा हुन्छ ।’


जेठमा आफूहरूले सरकार छोड्दा अर्थतन्त्र स्वस्थ, सबल र सुदृढ रहेको भए पनि वर्तमान सरकारको गलत नीतिका कारण अहिले समस्या देखिएको बताए ।

Advertisement

तपाईको प्रतिक्रिया