मिर्गाैला राेगीलाई सहयोग

समाधान संवाददाता २०७९ भदौ ५ गते १२:०२

लेखनाथ l
सामाजिक क्षेत्रमा सक्रिय रुपा गाउँपालिका ५ स्थित फेदी नेवाः खलले मिर्गाैला रोगीलाई आर्थिक सहयोग गरेको छ । नेवाः खलका सदस्य उक्तमकुमार श्रेष्ठका छोरा निराजलाई ४४ हजार ६ सय ७५ रुपैयाँ आर्थिक सहयोग गरिएको हो । नेवाः खलका सदस्यबाट संकलन गरिएको उक्त रकम अध्यक्ष मोहन जोशीले हस्तान्तरण गरे ।

Advertisement

उनले सहयोगले उपचारमा सहज हुने बताए । नेवाः खल सचिव सुरेन श्रेष्ठले मानवीय सेवामा नेवाःखल लागिपरेको जनाए । संस्थाले नेवारी परमपरा अनुसार कृष्ण जन्माष्टमी मनाएको छ । अष्टमीका दिन पूजा आरधना गरी रातमा जाग्राम बसी श्रीकृष्ण जन्माष्टमी व्रत समापन गरिएको हो ।

नेवारी परम्परा अनुसार कृष्ण अस्टमीको भोलिपल्ट बिहान श्रीकृष्णको मन्दिर बनाई पूजा आराधाना, भजनकीर्तन गर्दै शोभा यात्रासहित कृष्णजात्रा निकालिएको थियो भने । सो अवसरमा नेवारी, मारुनी, लठ्ठी, जोगी नाचसमेत देखाइएको थियो ।

तपाईको प्रतिक्रिया