नवलपरासी क्षेत्र नं २ बाट उम्मेदवारी दिने कांग्रेस नेता तिवारीको घोषणा

समाधान संवाददाता २०७९ भदौ ५ गते १९:२९

पोखरा ।
नेपाली कांग्रेसका युवा नेता शंकर तिवारीले पूर्वी नवलपरासी क्षेत्र नं २ बाट प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी दिने घोषणा गरेका छन् ।

Advertisement


आइतबार कावासोतीस्थित कांग्रेस पार्टी कार्यालयमा पत्रकार सम्मेलन गरेर तिवारीले आफू आगामी मंसिर ४ गते हुने निर्वाचनमा क्षेत्र नम्बर २ बाट उम्मेदवार बन्ने घोषणा गरेका हुन् । तिवारीले संसदलाई कानुन अनुसार सञ्चालन गर्न आफ्नो उम्मेदवारी रहेको दाबी गरेका छन् ।

प्रदीप गिरीको जीवनकालमा उनीसँग निकट रहेर राजनीतिमा सक्रिय रहेका तिवारी पछिल्लो समय राजनीतिक विषयमा विश्लेषण तथा टिप्पणी पनि गर्दै आएका छन् । तिवारी नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधिसमेत छन् ।

Advertisement

तपाईको प्रतिक्रिया