लिटल फ्लावरमा विद्यार्थीलाई स्वागत

लेखनाथ ।
पोखरा २७ रिठेपानीमा रहेको लिटल फ्लावर एजुकेसनल एकेडेमीमा कक्षा ११ मा शैक्षिक सत्र २०७९ मा भर्ना भएका विद्यार्थीलाई स्वागत गरिएको छ । कार्यक्रममा पोखरा महानगरपालिका शिक्षा महाशाखा प्रमुख हेमप्रसाद आचार्यले अभिभावकको लगानी सार्थक बनाउन र असल नागरिक बन्न विद्यार्थी लगनशील हुनुपर्ने बताए ।
पोखरा २७ की वडा सदस्य बुद्धिमाया थापामगरले समाजको आवश्यकतालाई बुझेर लिटल फ्लावरले पढाइ सञ्चालन गरेको उल्लेख गरिन् । नेसनल प्याब्सन कास्की अध्यक्ष हेमन्त अधिकारीले नवआगन्तुक विद्यार्थीले भविष्यमा उत्कृष्टता हासिल गर्नुपर्नेमा जोड दिए । प्याब्सन कास्की अध्यक्ष मथुराप्रसाद पौडेलले अब रिठेपानीका विद्यार्थीले घर छेउमै ११ र १२ को शिक्षा लिने अवसर सदुपयोग गर्नुपर्ने विचार राखे ।
युनिप्स नेपालका शान्तबहादुर गुरुङ, नेपाल राष्ट्रिय शिक्षक संगठनका केन्द्रिीय सचिव रामप्रसाद पोख्रेल, नेपाल शिक्षक संघ गण्डकी प्रदेश अध्यक्ष शिरोमणि लामिछाने, विद्यालयका संस्थापक निर्देशक कमल खड्का, राइजिङ स्टार युवा क्लब अध्यक्ष विष्णुप्रसाद गुरुङ, पूर्वअध्यक्ष यमप्रसाद गुरुङ, रिठेपानी सहकारी अध्यक्ष ईन्द्रबहादुर गुरुङ, लक्ष्मी माविका प्रधानाध्यापक जगन्नाथ अधिकारी, शिक्षक रामप्रसाद अधिकारी, संस्थापक देवी खड्का प्रधान, कक्षा ११ की विद्यार्थी वर्षा तामाङ, कक्षा ११ का संयोजक विष्णुहरि पौडेल लगायतले कार्यक्रममा बोलेका थिए ।
विद्यालयका प्रिन्सिपल विकल पौडेलले स्कुलका अहिलेका गतिविधि र भावी योजना प्रस्तुत गरे ।









मुस्ताङमा हिउँ चितुवा अध्ययन गर्न ‘क्यामेरा ट्यापिङ’ गरिँदै
मालढुंगा–बेनी यात्रा अवधि छोटियो
लेखनाथ महोत्सवः जहाँ पुसको जाडोमा रत्यौलीको न्यानो घन्किन्छ
पोखरा विमानस्थलको भ्रष्टाचारमा ५ पूर्वमन्त्री सहित ५५ जनाविरुद्ध मुद्दा
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया