‘चुलबुल चुलबुल प्यारी भाञ्जी’ बोलको गीत सार्वजनिक

पोखरा ।
चुलबुल चुलबुल प्यारी भाञ्जी बोलको गीत सोमबार ३ बजे सार्वजनिक हुँदै छ । बलबहादुर राजबंशी र तेरेसा विश्वकर्माले स्वर बनेको यो गीत बसन्त सापकोटाले संगीतबद्ध गरेका छन् । गीतको संयोजन साहस शाक्यले गरेका हुन् ।
गीतको म्युजिक भिडियोमा महेश खड्का, आस्था पौडेल, नारायण अधिकारी, घनश्याम जोशी, बिमला अधिकारी, स्वराज अधिकारीको अभिनयमा बनेको हो । गीतमा रेकर्डिस्टका रुपमा दिल सार्की र अजय कार्कीले भूमिका निर्वाह गरेका छन् ।
एकेस्टिक इन्टरनेशनल नेपालको स्टुडियोमा रेकर्ड गरिएको गीतको मिक्सिङ र मास्टरिङमा चन्द्र चौधरीको देख्न सकिन्छ । रोहन नेपालीको निर्देशनमा बनेको म्युजिक भिडियोका लागि शृंगारमा दीपु पौडेल, छायांकन उत्तम हुमागाइँ, पोस्ट प्रोडक्सनको काम राड स्टुडियो, क्रिएटिभ सपोर्टका काममा प्रकाश सुवेदी, भिडियो सम्पादनमा निशान घिमिरेले भूमिका निर्वाह गरेका हुँन् ।
यो गीत डिए क्रिएसनको दोस्रो प्रस्तुतिका रुपमा बजारमा आउन लागेको हो । यसअघि मनमोहक पोखरा बोलको गीत सार्वजनिक भएको थियो । चुलबुल चुलबुल प्यारी भाञ्जीमा मामा भान्जीको आदर र स्नेहपूर्ण सम्बन्धबारे देख्न पाइन्छ । मनमोहक पोखरा गीतमा पर्यटकीय महत्व, प्राकृतिक सुन्दरता, पाहुनाको स्वागत जस्ता विषयवस्तु वर्णन गरिएको थियो ।
यसपटक बनाएको गीत आफ्नी सात वर्षीया भान्जी आस्थाबाट प्रेरित भएर सिर्जना गरेको उनको भनाइ छ । सर्जक दिपेन्द्र अधिकारीका अनुसार मामा भान्जीको सम्बन्ध, पारिवारिक न्यानो माया दर्शाउँदै बालबालिकादेखि अभिभावकहरुमा सामाजिक चेतनाको सन्देश गीतबाट दिन खोजिएको छ ।
सामान्यतया गीतहरु युगल जोडीका मायाप्रीतिमा आधारित बढी बन्ने गरेका छन् । यसबाहेक आमा, बुवा, दाजुभाइ, दिदीबहिनी जस्ता निकट सम्बन्धका बारेमा वर्णन गरिएका गीतहरु पनि छन्, तर ती नगण्य मात्रामा पाइन्छ । अधिकारीले भने मामा भान्जीबीचको सम्बन्धलाई सुन्दर पाराले बयान गर्दै नयाँ स्वाद र शैलीको गीत तयार पारेका हुन् । ‘चुलबुल चुलबुल प्यारी भाञ्जी’ बोलको उनको यो गीत आज भदौ ६ गते औपचारिक रुपमा सार्वजनिक भएको छ । यो गीत डिए क्रिएसनको दोस्रो प्रस्तुतिका रुपमा आएको छ ।








फेदीमा दोभान कप सुरु
‘सृजना कप’ विद्यालयस्तरीय भलिबलको तयारी
पुस ३ गतेदेखि हिसान स्पोर्ट्स मिट
लजी लन्ड्री लाउन्ज सञ्चालनमा
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया