लायन्स समृद्धिमा नारी सम्मानित
पोखरा ।
लायन्स क्लव अफ पोखरा समृद्धिले नारीहरुको महानचाड हरितालिका तिजको अवसरमा नारी सम्मान तथा गरिब तथा जेहन्दार छात्रालाई शैक्षिक सामाग्री हस्तानन्तरण गरेको छ । ३२५ के क्लवका कोषाध्यक्ष ललीता रंजित, सदस्य इन्दिरा गौतम र सदस्य सरिता महर्जनले कालिका माविमा अध्यनरत छात्रा सुसना थापा र जुन केसीलाई सामाग्री प्रदान गरेका हुन् ।
प्रमुख अतिथी डिष्ट्रिक प्रथम भिडीसी लायन्स सुचित्रा थापाले कार्यक्रमको उत्घाटन गर्दै क्लवले सामाजिक कामहरु लगायत समाजमा परेका हरेक समस्यामा सहयोग गर्दै आएको कुरा प्रष्ट पारिन् । कार्यक्रमका संयोजक तथा लायन्स प्रथम भिपी शान्ति श्रेष्ठले कार्यक्रममा आगन्तुक सबैलाई क्लवको बारेमा प्रष्ट पारिन् ।
क्लवले वडा नम्बर ९ का वडाध्यक्ष दिपेन्द्र मर्सानी, वौद्धिक अपांगता अभिभावक बुद्धिप्रसाद जोशी, क्लवका दोस्रो भिपी प्रमिला श्रेष्ठ, उत्कृष्ट महीला उद्यमी लक्ष्मी शर्मा भट्टराई र लायन्स शान्ति बास्तोलालाई सम्मान गरेको थियो । २०७८ सालको एसईई परीक्षामा उत्कृष्ट अंक ल्याई पास भएका क्लवमा आबद्ध अभिभावकका छोराछोरी मोहित श्रेष्ठ, अनुष्का कुँवर, निश्चल श्रेष्ठ, आभा श्रेष्ठ, अभिनभ श्रेष्ठलाई प्रमाण पत्र र खादा लगाई सम्मान गरिएको थियो ।
कार्यक्रममा बोल्दै वडा नम्बर ९ का वडाध्यक्ष दिपेन्द्र मर्सानीले आगामी दिनमा स्थानीय सरकार सँग समन्वयन गरी विकासका कामहरु गरेमात्र सरकारले सहयोग गर्न सक्ने कुरा उल्लेख गरे । आगामि दिनमा सरकारको दस्तावेजमा देखिने गरि काम गर्न आग्रह गरे । महिला उद्यमशिल तालीमको लागी क्लवलाई ५०हजार सम्मको सम्झौता गर्ने समेत उत्घोष गरे ।
कार्यक्रममा बोल्दै पाँच वटा क्यान्सर पिडीत महिला उद्यमी लक्ष्मी शर्मा भट्टराईले आफू क्यान्सर पिडीत भएर पनी बाच्न सफल भएको र अरुलाई पनि यसबाट बच्न सकिन्छ, भन्ने सन्देश दिइन् । क्यान्सर बाट बच्न डाक्टर र अस्पतालले मात्र हुदैन मनमा साहस र आत्मविश्वास भएमा बाच्न सकिन्छ भन्ने कुराको उदाहरण आफू भएको कुरा जानकारी गराईन् ।
अध्यक्ष्यता क्लवका अध्यक्ष्य देवी श्रेष्ठले गरेकी थिइन् भने कार्यक्रम संञ्चालन क्लवका सचिव सिमा कोइरालाले गरेकी थिइन् ।
तपाईको प्रतिक्रिया