गुरुकुलमा विद्यार्थीलाई स्वागत

समाधान संवाददाता २०७९ भदौ ६ गते १३:२३

पोखरा ।
गुरुकुल विद्या सदन माध्यमिक विद्यालयमा कक्षा ११ का नवआगन्तुक विद्यार्थीलाई स्वागतसहित अभिमुखीकरण कार्यक्रम गरिएको छ । कार्यक्रममा गण्डकी विश्वविद्यालय विज्ञान तथा प्रविधि संकायका डीन डा कपिल अधिकारीले शिक्षक, विद्यार्थी र अभिभावकको त्रिपक्षीय सम्बन्धबाट शैक्षिक सुधार गर्न सकिने बताए । समारोहमा डा ताराजीले विद्यार्थी तथा अभिभावकलाई उत्प्रेरणात्मक ढंगले अभिमुखीकरण गरे ।

Advertisement

कार्यक्रममा टिम गुरुकुल सदस्य रवि कार्कीले कक्षा ११ का विद्यार्थीले पालना गर्नु पर्ने अनुशासन र नियमको बारेका प्रकाश पारे । कार्यक्रममा विद्यालयका प्रिन्सिपल नारायण आचार्य, संरक्षक धर्मराज कोइराला, प्लस टु संयोजक वसन्तकुमार श्रेष्ठ, कक्षा १२ का विद्यार्थी सौजन तिमिल्सिना, भुवन सुवेदी, पूर्व विद्यार्थी प्रसन्न भण्डारी, हरिप्रसाद ढकाल, प्रमोद बराल, कक्षा ११ का विद्यार्थीहरु सन्दीप आचार्य, आश्मा क्षत्री लगायतले बोलेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया