पाेउवासंघकाे ३४ औं महाधिवेशन

पाेउवासंघमा किन भिड्दै छन् पवन र अर्जुन ?

पवनले टिम घाेषणा गरिसके भने अर्जुनले टिम बनाउदै

समाधान संवाददाता २०७९ भदौ ६ गते १८:०१

पाेखरा।

पाेखरा उद्याेग वाणिज्य संघको नयाँ नेतृत्व चयनका लागि यही भदाैं २४ र २५ गते अधिवेशन हुँदैछ । लामाे समयदेखि एउटै टिममा बसेर सहकार्य गर्दै आएका दुई जना व्यवसायी अध्यक्षमा भिड्दै भएकाले याे चुनाव पाेखराका व्यवसायीका लागि राेचक बनेकाे छ । दुई जना प्रिय साथी किन र कसरी एक अर्काका प्रतिद्वन्दी भए त ? आम उद्याेगी व्यवसायीकाे चासाे यही छ ।

अध्यक्षका प्रत्यासी पवनकुमार प्रजापतिले अर्का प्रत्यासी अर्जुन पाेखरेलकाे महत्वाकंक्षा र घमण्डले सर्वसम्मत नेतृत्व चयनकाे प्रयास असफल भएकाे बताएका छन् । साेमबार (आज) पाेखरामा पत्रकार सम्मेलन गर्दै आसन्न अधिवेशनका लागि आफ्नाे पक्षकाे टिम घाेषणा गरेपछि समाधानसँग कुरा गर्दै अध्यक्षताका प्रत्यासी प्रजापतिले अर्जुनलाई मिलाउने प्रयास गर्दा नै टिम घाेषणामा ढिलाइ भएकाे दाबी गरे ।

Advertisement

”पूर्व अध्यक्ष लगायतका अग्रजहरुले पनि धेरै प्रयास गर्नुभयाे, हिजाे रातिसम्म पनि प्रयास जारी थियाे,” पवनले भने, ”उनलाई पनि समेटेर टिम बनाउन भन्ने हाम्राे चाहना हाे, तर त्याे सम्भव भएन ।”

के कारणले सम्भव भएन त ?

Advertisement

पवनका अनुसार अर्जुनले वरिष्ठ उपाध्यक्षमा बस्न त मानेका थिए तर त्याे पदमा अर्काे मान्छे नउठ्ने ग्यारेन्टी गर्नुपर्ने माग राखे । पवनले भने, ”उठ्न त जाे जहाँ पनि उठ्न पायाे नि, भाेली काेही मेरै विरुद्धमा पनि उठ्न सक्छ, अर्जुनकाे विरुद्धमा उठ्नै नदिने भन्ने त कुरा भएन, यसैमा कुरा मिलेन ।”

पवनकै कारणले आफुले अध्यक्षमा उमेद्वारी दिएकाे अर्जुनकाे दावी छ । सिनियर भएकाे नाताले मैले पवनलाई अध्यक्षमा मानेकै हाे, तर उहाँले गाेकर्णलाई च्यापेकाे कारणले सहमति हुन सकेन्–अर्जुनले समाधानसँग भने ।

अर्जुनलाई टिममा समेट्ने कुरामा के प्रस्ताव थियाे त पवनकाे ?

पवनले अहिलेकाे कार्यसमितिमा वाणिज्यतर्फका उपाध्यक्ष रहेका अर्जुनलाई उद्याेगतर्फकाे उपाध्यक्षमा निर्वाचन लड्न प्रस्ताव गरेका थिए । दुई–दुई पटक उद्याेगतर्फकाे उपाध्यक्षमा विजयी भएका गाेकर्ण कार्कीलाई वरिष्ठ उपाध्यक्षकाे टिकट दिएर अर्जुनलाई उद्याेगकाे उपाध्यक्ष बनाउने याेजना पवन पक्षधरकाे थियाे । उनीहरुले अहिले उद्याेग उपाध्यक्ष भए पनि ३५ औं महाधिवेशनमा अर्जुनलाई नै अध्यक्ष बनाउने आश्वासन पनि दिएका थिए । पवन टिमकाे प्रस्ताव थियाे–आगामी अधिवेशनमा गाेकर्णलाई वरिष्ठमै दाेहाेराउने र अर्जुनलाई अध्यक्षकाे प्रत्यासी बनाउने ।

उद्याेग उपाध्यक्षमा अर्जुन राजी नभएपछि पवनले आफ्नाे टिमबाट अर्जुनलाई बरिष्ठ उपाध्यक्षकाे उमेद्वार बनाउने र टिम घाेषणा गर्न पनि तयार थिए । यसाे गर्दा गाेकर्ण पवनकाे टिमबाट बाहिरिने थिए । तर गाेकर्ण कसैकाे टिममा नपरे पनि बरिष्ठ उपाध्यक्षमा उमेद्वारी दिन प्रतिबद्ध छन् ।

के चाहेका थिए त अर्जुनले ?

लामाे समयदेखि पवनकै साथमा रहेका अर्जुन पनि पवनसँगै प्रतिस्पर्धा गर्न चाहेका हाेइनन् । तर उनी यस पटक जुन सुकै हालतमा पनि बरिष्ठ उपाध्यक्ष हुनु पर्ने अडानमा थिए, त्याे पनि निर्विराेध । निर्विराेध नभए पनि उनकाे माग थियाे– प्रतिद्वन्दी गाेकर्ण कार्की हुनु भएन ।

३३ औं महाधिवेशनमा पवन र अर्जुन भन्दा फरक टिमबाट उद्याेग उपाध्यक्षमा लडेका गाेकर्णले ३ सय भन्दा बढी मत अन्तरले पवन–अर्जुन टिमका उम्मेद्वार चिनु गुरुङलाई परािजत गरेका थिए । जहाँ कि पवन टिमका अधिकांशले ठुलै मतान्तरले नै जित हात पारेका थिए । त्यसअघिकाे महाधिवेशनमा कुनै टिममा नपरी एक्लै चुनाव लडेर पनि गाेकर्णले १ मतकाे अन्तरले सीता गुरुङलाई पराजित गरेका थिए । सीता पनि पवन–अर्जुन भएकै टिमबाट चुनाव लडेकी थिइन् ।

पवनकाे टिमबाट वरिष्ठ उपाध्यक्षमा परे पनि गाेकर्णले नछाेड्दा निर्वाचन लड्नै पर्ने अवस्था बन्याे अर्जुनलाई । अघिल्लाे निर्वाचनमा आफ्नै टिमका अध्यक्ष र महासचिवका प्रत्यासी पाँच सय भन्दा धेरै मतान्तरले विजयी बन्दा अर्जुन करिब डेढ सयकाे मतान्तरले मात्र विजयी भएका थिए । त्याे बेला आफ्नै समूहका मतदाताले पनि धाेका दिएकाे महसुस गरेका अर्जुनलाई गाेकर्णसँग चुनाव लड्दा हारकाे छायाँले तर्साएकाे श्राेत बताउँछ ।

अहिले उद्याेग उपाध्यमा सहमति गरे पनि दुई वर्षपछिकाे अर्काे महाधिवेशनमा गाेकर्ण चुनाव नलड्ने ग्यारेन्टी के छ भन्ने आशंका अर्जुनमा रहेकाे संघका एक पूर्व अध्यक्षले समाधानलाई बताए । ”अर्जुनले पटकपटक उधाराे सम्झाैता गर्दिन भनिरहे, हामीले आश्वस्त पार्न खाेज्याै, सकेनाैं,” उनले भने ।

अहिले या दुई वर्षपछि जहिले भएपनि गाेकर्णसँगै चुनाव लड्नु पर्ने र हारकाे खतरा पनि रहने भएपछि किन वरिष्ठमा लड्ने ? अध्यक्षमै लड्ने । हार्नै परे पवनसँगै हार्ने, गाेकर्णसँग किन हार्ने भन्ने निचाेडमा अर्जुन पुगेकाे उनी निकट एक व्यवसायीले समाधानलाई बताए ।

अझै मिल्ने सम्भावना छ त पवन र अर्जुन ?

पवन र अर्जुनलाई अध्यक्षमा निर्बाचन नलडाउन ठूलै प्रयास भएकाे थियाे । पाेखरा उद्याेग वाणिज्य संघका पूर्व अध्यक्षदेखि नेपाली कांग्रेसका नेताहरुसम्मले सक्दाे प्रयास गरे । पवन र अर्जुन दुवै जना नेपाली कांग्रेसका पार्टी सदस्य भएकाले कांग्रेस नेताहरुले प्रयास गरेका थिए । पाेखरा उद्याेग वाणिज्य संघका पूर्व अध्यक्ष समेत रहेका गण्डकी प्रदेश सरकारका मन्त्री विन्दु थापाले पनि दुई जनालाई मिलाउने अन्तिम प्रयास गरेका हुन् । तर मिल्न सकेन ।

साेमबार टिम घाेषणा गरेका पवनले अझै पनि अर्जुन सहमतिमा आए मिलाउन सकिने बताउछन् । पवनले भन्दा अघि नै अध्यक्षकाे उम्मेद्वारी घाेषणा गरेर प्रचार प्रसारमा खटिएका अर्जुन भने आफ्नाे पनि टिम घाेषणा गर्ने तयारी गरेका छन् । उनले आफ्नाे टिम समावेशी र जुझारु हुने समेत दावी गरे ।

तपाईको प्रतिक्रिया