पूर्वाञ्चल सेवा समाजको शुभकामना आदान प्रदान
पोखरा ।
पूर्वाञ्चल सेवा समाजले महिलाहरुको महान चाड हरितालिका तीजको अवसरमा शुभकामना आदान प्रदान गरेको छ । साविक अञ्चल मेची, कोशी, र सगरमाथा बाट पोखरामा स्थायी वा अस्थाई बसोबास गर्ने दिदिबहिनीहरुको बिचमा भेटघाट तथा दर खुवाउने र शुभकामना प्रदान गरेको छ ।
कार्यक्रम उत्घाटन गर्दै प्रमुख अतिथि गण्डकी प्रदेश सभाका उपसभामुख माननीय सृजना शर्माले पूर्वाञ्चल सेवा समाजलाइ फुटेर होइन्,जुटेर अगाडी बढ्न आग्रह गरिन् । आफु यो समाजमा आज आउदा माईती घरको याद आएको उल्लेख गरिन् । कसैलाई कुनै समस्या भएमा सक्दो सहयोग गर्ने बाचा समेत गरिन् ।
कार्यक्रममा आगन्तुकहरुलाई स्वागत गर्दै यस समाजले हामीलाई एकता र एउटै सुत्रमा बाध्ने काम गरेको र हाम्रो पहिचान समेत पोखरामा झल्काउन सफल भएको कुरा समाजका सचिव हिमाल दगांलले उल्लेख गरे । गण्डकी प्रदेश जिल्ला अदालतका श्रेस्तेदार प्रशासकीय प्रमुख नवराज दंगालले पूर्वाञ्चल सेवा समाजले स्थापना कालदेखिनै पूर्वबाट आएर बस्नु हुने पूर्वेलीहरुलाई परेको समस्यामा सहयोग गर्दै आएको प्रति खुशी व्यक्त गरे ।
कानुनको क्षेत्रमा कसैलाई समस्या आएमा आफुले सक्ने सहयोग गर्ने बताए । समाजका कानुनी सल्लाकार अधिवक्ता भगवती पहारीले हामीले हाम्रो संस्कृतिलाई कहिले पनि भुल्न नहुने बताइन् । कानुनी परामर्स लिनु परेमा सहयोग गर्ने कुरा उल्लेख गरिन् ।
कार्यक्रममा समाजका पूर्व अध्यक्ष डिवी राई, यदुनाथ बन्जरा, गोबिन्द अधिकारी, कृष्ण राज पाठकले समाजले गरेको उल्लेखनिय कामको प्रसंसा गर्दै यसलाई अझै सफलतामा लैजाने बाचा गर्दै आफ्नो धारणा राखे । कार्यक्रमको अध्यक्षता समाजका प्रथम उपाध्यक्ष हरि कट्टेलले गरेका थिए भने कार्यक्रम संचालन समाजका सचिव हिमाद दगांलले गरेका थिए ।
।
तपाईको प्रतिक्रिया