नेपाल बजार बिक्री प्रतिनिधि संघको राष्ट्रिय महाधिवेशन

पोखरा ।
नेपाल बजार बिक्री प्रतिनिधि संघ (नाम्स) को छैटौं राष्ट्रिय महाधिवेशन यही भदौ २४ र २५ गते चितवनको नारायणगढमा हुने भएको छ। शनिबार संघको १०औं पूर्ण बैठकले निर्णय गरेको हो । महाधिवेशन सम्पन्न गर्न संघका केन्द्रिय अध्यक्ष सुर्य पराजुलीको संयोजकत्वमा एक सय एक सदस्यीय मूल आयोजक समिति गठन गरिएको छ ।
मुल आयोजक समिति को सह संयोजकमा संघका केन्द्रिय उपाध्यक्ष पुष्प राज पराजुली, तथा सदस्य सचिवमा महासचिव पदम भट्टराईलाई चयन गरिएको छ । मूल आयोजक समिति मा केन्द्रीय कमिटीका पदाधिकारी तथा सदस्यहरु, सहित संघको सल्लाहकार समिती,अनुशासन तथा सुपरीवेक्षण समिती, केन्द्रिय लेखा आयोग समिती, एवं प्रदेश, शाखारईकाई कमिटी का अध्यक्षहरु पदेन सदस्य रहने गरी एक सय एक सदस्यीय मूल अधिवेशन आयोजक समिती गठन गरिएको संघले जानकारी दिएको छ ।
अधिवेशनलाई ब्यवस्थित रुपमा सम्पन्न गर्न बिभिन्न उपसमितिहरु गठन गरिएको छ। गठीत उपसमितिहरु मध्ये, बिधान संसोधन उपसमिति संयोजकमा बसन्त राज सिग्देल, निर्वाचन ब्यवस्थापन उपसमिति संयोजकमा ऋषी अधिकारी,अतिथि स्वागत सत्कार उपसमिति संयोजकमा नरेन्द्र बिष्ट,आर्थिक ब्यवस्थापन उपसमिति संयोजकमा किरण अधिकारी,प्रचार प्रसार उपसमिति संयोजकमा श्रीराम सिग्देल, आवास खाना खाजा ब्यवस्थापन उपसमिति संयोजकमा शुभ थपलियालाई जिम्मेवारी दिइएको संघले बताएको छ ।
संघको छैटौं राष्ट्रिय महाधिवेशन मा देशभरि बाट करीव छ सय प्रतिनिधि सहभागि रहने छन् । बैठकले बाकी शाखा र ईकाई कमिटीको अधिवेशन तथा प्रतिनिधि छनौट को अन्तिम समयावधी भदौं ११ गते सम्मलाई तोकेको छ । भदौ ११ गते पछी भएका अधिवेशन लाई मान्यता दिन नसकीने निर्णय गरिएको छ । सबै प्रदेश, शाखा तथा ईकाई कमिटीले भदौं १५ गते सम्म प्रतिनिधि को अन्तिम नामावली केन्द्रिय कमिटीमा पठाई सक्नु पर्ने निर्देशन बैठकले गरेको छ।
छैटौं राष्ट्रिय महाधिवेशन मा सहभागी प्रतिनिधि ले अनिवार्यरुपमा बैठकबाट तोकिएको लेवी र दायित्व बुझाएको हुनु पर्ने छ । अधिवेशनमा प्रतिनिधित्व गर्ने प्रक्रिया पनी विधान सम्वत नै रहने निर्णय गरिएको छ । साधारण सदस्य को हकमा प्रत्येक शाखा तथा ईकाई को जम्मा सदस्य संख्या को २०प्रतिशतले प्रतिनिधि छनौट गर्नु पर्ने छ । प्रदेश कमिटीका सबै तथा शाखा र ईकाई कमिटीको हकमा कार्यसमिती बाट १५ जना स्वतस् प्रतिनिधि हुने ब्यवस्था मिलाइएको प्रचार प्रसार उपसमिति संयोजक श्रीराम सिग्देल ले जानकारी दिएका छन् ।
तपाईको प्रतिक्रिया