महिला उद्यमीको साझा संस्था बनाउँछौंः प्रजापति

पोखरा ।
पोखरा उद्योग वाणिज्य संघलाई महिला उद्यमीको साझा संस्था बनाउने उद्घोष गर्दै पवन प्रजापतिले संघको ३४ औं महाधिवेशनमा अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् । उनले संघलाई साना, मझौला र ठूला व्यवसायी सहित महिला उद्यमीको साझा संस्था बनाउने घोषणा गरेका हुन् ।
पोखरामा सोमबार पत्रकार सम्मेलन गर्दै आफ्नो प्यानल सार्वजनिक गरेका हु्न् । वरिष्ठ उपाध्यक्षमा गोकर्ण कार्की, उपाध्यक्षमा हीरामणि पण्डित र वाणिज्य तर्फको उपाध्यक्ष्मा उत्तममान बुद्धाचार्य, महासचिवमा बलराम आचार्यले प्यानलसहित उम्मेदवारी घोषणा गरेका हुन् । आचार्य अहिलेको कार्यसमितिमा पनि महासचिव नै छन् । त्यस्तै उपमहासचिवमा शोभा गौतम र कोषाध्यक्षमा दिनेशचन्द्र बाँस्तोलाको प्यानल बनेको हो । सम्मेलनमा १४ बुँदे प्रतिवद्धता सार्वजनिक गर्दै व्यावसायिक वातावरण निर्माण र उद्योगी÷व्यवसायीहरुको सम्मान अभिवृद्धि आफ्नो पहिलो प्रथामिकतामा रहेको सुनाए । ‘सर्वप्रथम हामीहरु व्यवसायीक डाटा बैंक तथा प्रवद्र्धन केन्द्र स्थापना गर्छाैं । रुग्ण उद्योग र नोक्सानमा चलेका व्यवसायहरुको लागि आवश्यक बैंक तथा घरबेटीसँग छलफल गरी सहजता गर्ने मेरो टिमको प्रथामिकता हुन्छ,’ प्रजापतिले भने ।
पोखरामा रहेका व्यवसायीहरुको हक हित संरक्षणको लागि २०११ सालमा स्थापना भएको पोखरा उद्योग वाणिज्य संघ निजी क्षेत्रको आशा जगाउने थलो हो । यो व्यसायीहरुको विकासको साझादार पनि हो । प्रजापती वर्तमान वरिष्ठ उपाध्यक्ष हुन् । उनी २ कार्यकाल कार्यसमिति सदस्य, कोषध्यक्ष, उपाध्यक्ष हुँदै ३२ औं महाधिवेशनमा वरिष्ट उपाध्यक्ष भएका थिए । उनले आफ्नो उम्मेदवारी स्वभाविक भएको बताए । ‘सदस्य हुँदै वरिष्ठ उपाध्यक्षमा आइपुग्दा अध्यक्षको रोलक्रम मेरो नै हो । यसमा मेरो कोही प्रति लक्ष्ति गरेर उम्मेदवारी दिएको होइन्,’ उनले भने ।
संघको सचिवालयलाई प्रविधिमैत्री बनाउँदै घरमै आवश्यक सूचना र सहयोग पु¥याउने आफ्नो योजना भएको प्रजापतिले सुनाए । ‘उद्योग÷व्यवसायीमाथी आइपर्ने समस्या निराकरण गर्ने र राज्यबाट पाउनुपर्ने सबै खालको सुविधा दिलाउने र व्यवसायको रक्षको विशेष ध्यान दिन्छौं,’ उनले भने ।
पवनलाई अघिल्लो निर्वाचनमा एउटै टिमबाट निर्वाचन लडेका उपाध्यक्ष अर्जुन पोखरेलले चुनौती दिँदै छन् । अर्जुनले यसअघि नै पत्रकार सम्मेलन गरेर अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरिसकेका छन् । उनले टिम भने घोषणा गरेका छैनन् । पोखरा उद्योग वाणिज्य संघको अधिवेशन यही भदौको २४ र २५ गते सम्पन्न हुँदैछ ।
तपाईको प्रतिक्रिया