दक्षिण एसियामै पहिलो पटक तेक्वान्दोको जि २ पोखरामा

समाधान संवाददाता २०७९ भदौ ८ गते १०:२६

पोखरा ।
पोखरामा हुने तेस्रो माउन्ट एभरेस्ट अन्तर्राष्ट्रिय खुला तेक्वान्दो च्याम्पियनसिप २०२२ मा १ हजार भन्दा बढी खेलाडीले नाम दर्ता गराएका छन् । प्रतियोगिताको जि २ ¥याकिङ तथा प्रथम जिसिएस माउन्ट एभरेस्ट अन्तर्राष्ट्रिय खुला पुम्से च्याम्पियनसिप २०२२ तर्फ गरी १ हजारभन्दा बढीले नाम दर्ता गराएको आयोजकले जनाएको छ ।

Advertisement

काठमाडौंमा मंगलबार पत्रकार सम्मेलन गरी आगामी असोज ६ देखि ९ गतेसम्म हुने ग्योरोगीतर्फ ८ सय ११ र पुम्सेतर्फ २ सयभन्दा बढीले नाम दर्ता गराएको गण्डकी प्रदेश तेक्वान्दो संघ अध्यक्ष जगनबहादुर गुरुङले बताए । दक्षिण एसियामा नै पहिलो पटक यस्तो प्रतियोगिता नेपालमा आयोजना गर्न पाउनु गौरवको विषय रहेको उनले सुनाए ।

मुल आयोजक समितिका सचिवसमेत रहेका गुरुङले भने, ‘हामीले १ हजार ५ सय खेलाडी पोखरा आउने अपेक्षा गरेका छौं । जसबाट कोभिड १९ का कारण समस्यामा रहेको पर्यटन क्षेत्रलाई प्रवद्र्धन गर्न सहयोग पुग्नेछ ।’ पहिलो चरणको दर्ता प्रक्रिया भदौ ९ गतेसम्म र दोस्रो चरणको दर्ता भदौ १० बाट सुरु हुने उनले बताए ।

प्रतियोगितामा विश्वभरीका खेलाडी, निर्णायक तथा प्रशिक्षक, सहभागी खेलाडीका परिवारका सदस्य र तेक्वान्दो महासंघका विशिष्ट पदाधिकारीसहित २ हजारभन्दा बढीको सहभागिता हुने जनाइएको छ । विश्वस्तरीय मेगा तेक्वान्दो प्रतियोगिता अवलोकन गर्न ५ हजारभन्दा बढी तेक्वान्दोप्रेमी पोखरा आउने अपेक्षा गरिएकोे छ ।

यसअघि २ पटक सफलतापूर्वक काठमाडौंमा भइसकेको उक्त प्रतियोगिता कोभिड १९ का कारण २ वर्ष स्थगित हुन पुगेको थियो । पोखरा रंगशाला स्थित बहुउद्देश्यीय कभर्ड हलमा हुने प्रतियोगितामा सिनियर र जुनियरतर्फ (१४ वर्षदेखि ६० वर्षभन्दा माथी) क्योरोगीतर्फ महिला र पुरुष गरी विभिन्न ८ तौल समूहमा गरी१६ वटा तौलमा हुनेछ ।

Advertisement

पुम्सेतर्फ समेत १४ देखि ६० वर्ष भन्दा माथि एकल, जोडी र समूहमा प्रतिष्पर्धा हुने आयोजक समिति सदस्य एवम ओलम्पियन दीपक विष्टले जानकारी दिए । विश्व तेक्वान्दो महासंघले नेपालमा तेक्वान्दो खेलको विकासका साथै नेपाल र पोखराको खेल पर्यटन प्रवद्र्धन गर्न प्रतियोगितालाई स्वीकृति दिएको छ ।

मेगा तेक्वान्दो प्रतियोगिता गर्न करिब २ करोड ५५ लाख खर्च हुने आयोजक समितिका सदस्य तथा गण्डकी प्रदेश तेक्वान्दो संघका महासचिव रमेश पौडेलले जानकारी दिए । कार्यक्रम नेपाल तेक्वान्दो संघका अध्यक्ष प्रकाशसम्शेर राणको अध्यक्षतामा भएको थियो ।

तपाईको प्रतिक्रिया