तालचोकमा परसुटको शाखा
समाधान संवाददाता
२०७९ भदौ ८ गते ११:०२

पोखरा ।
परसुट इन्टरनेसनल एडुकेसनले पोखरा २७ तालचोकमा शाखा खोलेको छ । ५ वर्षअघि अस्ट्रेलियाको सिड्नीमा स्थापना भएको परसुटले यसअघि पोखराको चिप्लेढुंगा र दाङको तुलसीपुरमा शाखा खोलिसकेको छ ।
१५ वर्ष अस्ट्रेलिया बसी गत वर्षमात्र पोखरा आएका विजय थापा शाखाका सञ्चालक हुन् । अस्ट्रेलिया, क्यानडा, अमेरिका, बेलायत र अरु युरोपियन मुलुक जान चाहने विद्यार्थीलाई यसले गुणस्तरीय र विश्वसनीय सेवा दिँदै आएको छ ।
कार्यक्रममा लेखनाथ उद्योग वाणिज्य संघक अध्यक्ष छत्रधर आयेत्रले परसुटले गुणस्तरीय र भरपर्दाे सेवा दिने विश्वास व्यक्त गरे । कार्यक्रममा पोखरा २७ का वडाध्यक्ष पूर्णकुमार गुरुङ, क्या मानबहादुर थापा लगायतले बोलेका थिए ।
सम्बन्धित
तपाईको प्रतिक्रिया