डायमन्डमा विद्यार्थीलाई स्वागत
समाधान संवाददाता
२०७९ भदौ ८ गते १२:५९

लेखनाथ ।
पोखरा २७ तालचोकमा रहेको डायमन्ड माविमा कक्षा ११ मा शैक्षिक सत्र २०७९ मा भर्ना भएका विद्यार्थीलाई स्वागत गरिएको छ । प्रिन्सिपल यमबहादुर रोकाले नवआगन्तुक विद्यार्थीलाई स्वागत गर्दै उज्ज्वल भविष्यको कामना गरे । उनले विद्यालयका गतिविधि र भावी योजनासमेत प्रस्तुत गरे ।
विद्यालयका व्यवस्थापक प्रमुख हरिप्रसाल लामिछानेले विद्यार्थीका लागि विद्यालय गतिविधिलाई चुस्त राख्न गरिएको व्यवस्थाका बारेमा जानकारी दिए । उनले असल नागरिक बन्न विद्यार्थी लगनशील हुनुपर्ने औंल्याए ।
विद्यालयका शैक्षिक प्रमुख सञ्जीव थापाले विभिन्न विषयको पाठयक्रम र पढाइ पद्दत्ति, +२ को दुई वर्षे पढाइबारे प्रकाश पारे । विद्यालयका निर्देशक माधवशरण उपाध्यायको अध्यक्षतामा भएको कार्यक्रममा शिक्षक नारायणप्रसाद पराजुलीले पनि बोलेका थिए ।
सम्बन्धित







एमालेको काँधमा देशको जिम्मेवारी छ : अध्यक्ष ओली
पर्यटकीय गन्तव्यका रुपमा विकास हुँदै चांगा
कटुवा पेस्तोलसहित एक जना पक्राउ
दोभान कपमा पहिलो चरणका खेल
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया