साइनिङस्टारमा स्वागत तथा विदाई

पोखरा ।
पोखराको लेकसाइडस्थित साइनिङ स्टार बोर्डिङ स्कुलमा कक्षा ११ मा भर्ना भई आएका नयाँ विद्यार्थीलाई स्वागत गरिएको छ । साथै १२ को परीक्षा दिएका विद्यार्थीहरुलाई शुभ–कामना सहित विदाई गरिएको छ । विद्यालय प्राचार्य अर्जुन पाण्डेले विद्यालयले शैक्षिक गतिविधीसंगै खेलकुद, मनोरन्जनात्मक कार्यक्रम तथा अन्य अतिरिक्त कार्यक्रमलाई विद्यालयले महत्व दिएको बताए ।
पोखराको पर्यटन क्षेत्रलाई दक्ष जनशक्तिको खाँचो रहेको वक्ताहरुले औल्याएका छन् । दक्ष युवाशक्ति विदेश पलायन हुने समस्याले अब यहाँको पर्यटन क्षेत्रमा नयाँ र दक्ष जनशक्ति चाहिनेमा उनीहरुले जोड दिए । कार्यक्रममा बोल्दै वक्ताहरुले यस्तो बताएका हुन् ।
कार्यक्रममा बोल्दै रेवान पोखराका निवर्तमान अध्यक्ष लक्ष्मण बरालले पोखरामा क्षेत्रिय अन्र्तराष्ट्रिय विमानस्थल सञ्चालनको निकटमा रहेको जनाउँदै त्यसपछि पर्यटक आगमनमा बृद्धि हुने अपेक्षा प्रकट गरे । यस्तोमा यहाँ भइरहेका जनशक्तिले मात्रै नपुग्ने उनको भनाई थियो ।
युवा पर्यटन व्यवसायी बर पिपल रिसोर्टका सञ्चालक जितु गुरुङ्गले अब स्कुल कलेजहरुले पर्यटन मैत्री शिक्षामा जोड दिनुपर्ने औल्याए । आगामी पिढीहरुलाई सम्भावना नेपालमै रहेको बताउँदै पर्यटन क्षेत्रलाई दक्ष जनशक्ति अबका दिनमा ठूलै चुनौती हुनसक्ने बताए ।
पोखरा विश्वविद्यालयका उप–प्रध्यापक युवराज त्रिपाठीले विद्यार्थीहरुलाई कितावी ज्ञानसंगै व्यवहारिक शिक्षा पनि महत्वपूर्ण हुने बताए । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका सदस्य फत्तबहादुर थापा, सल्लाहकार विष्णुहरी अधिकारी, तालबाराही मावि प्लस टु का संयोजक यदु पोखरेल, गण्डकी डा.सन्तोष कोइराला, एकेडमी अफ कफि एक्सीलेन्सका रिजनल म्यानेजर विनोद आचार्य, विद्यार्थीहरु प्रविणा पौडेल, सन्दिप नेवार, सेविका राई लगायतले आ–आफ्नो भनाई राखेका थिए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बविता भण्डारीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।








सरकारको १०० दिन : फजुल खर्च र सुशासनमा निर्मम, चुनाव गराउन प्रतिबद्ध
चुनाव आउन ७५ दिन बाँकी : देशभर १० हजार ९६७ मतदान स्थल कायम, १६८ थपिए
पुसमा विवाहको झल्को : लेखनाथ महोत्सवमा यसरी गुञ्जियो रत्यौली
एमालेको काँधमा देशको जिम्मेवारी छ : अध्यक्ष ओली
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया