सैनिक स्कुलमा शुक्रबार वाणिज्य मेला

समाधान संवाददाता २०७९ भदौ ८ गते २०:३७

पोखरा ।
सैनिक आवासीय महाविद्यालय फूलबारी पोखरामा भदौ १० गते शुक्रबार वाणिज्य मेला हुने भएको छ । कक्षा १२ व्यवस्थापन समूहमा अध्ययनरत विद्यार्थीको संयोजन र व्यवस्थापन तथा विद्यालयको सहकार्यमा मेला हुन लागेको हो ।


व्यवस्थापन समूहका सहसंयोजक नवराज बरालले व्यवस्थापन अध्ययन गर्दै गरेका विद्यार्थीमा व्यवसायिक ज्ञान, धारणा र सीप विकासका लागि सैद्धान्तिक शिक्षण मात्र पर्याप्त नहुने बताए । प्रयोगात्मक शिक्षण सिकाइका लागि मेला आयोजना गरिएको माध्यमिक तहका संयोजक उपेन्द्रप्रसाद पौडेलले जनाए ।


मेलामा तरकारी, स्टेसनरी, मिनी ग्याजेट्स, विद्यार्थीका लागि आवश्यक सामग्री, स्थानीय स्तरमा उत्पादित सामग्री, खेलकुदका सामग्री, स्वास्थ्यसँग सम्बन्धित सामग्री, विद्युतीय स्कुटर, ईसेवा, प्रिन्टेड कप, टिसर्ट, किराना पसलका साथै मःम र चिया बेकरीका सामान बिक्री गर्ने स्टल रहने छन् ।मनोरञ्जनका लागि कन्सर्ट पनि हुनेछ ।

Advertisement


बिक्रीका लागि आवश्यक सामग्री विद्यार्थीले नै खरिद गरी, मूल्य टाँस गरी राख्ने छन् भने विज्ञापन पनि विद्यार्थीले नै गर्ने छन् । मेलामा विद्यार्थी, पूर्व विद्यार्थी, अभिभावक तथा शिक्षक कर्मचारीको सहभागिता रहनेछ । विद्यार्थीले उपभोक्तासँग अन्तक्र्रिया गरी सामान बेच्दा उनीहरुमा आत्मबल र आत्मविश्वास बढ्नुका साथै व्यापार, व्यवसायका लागि आवश्यक ज्ञान बढ्ने हुन्छ ।


मेलाबाट संकलित आय विद्यार्थीको कल्याणका लागि उनीहरुले नै प्रयोग गर्ने संयोजक पौडेलले जानकारी दिए । विद्यालय किताबी ज्ञानमात्रै दिने ठाउँ नभईविद्यार्थीलाई भविष्यका लागि योग्य नागरिक तयार गर्ने ठाउँ पनि भएकाले मेला फलदायी हुने विश्वास प्राचार्य राजेन्द्रकुमार लाखेले व्यक्त गरे । विद्यालय परिसरमा सञ्चालन हुने मेला १ दिने हो ।

Advertisement

तपाईको प्रतिक्रिया