पृथ्वी राजमार्ग बस सञ्चालक समिति अध्यक्षमा केसी

पोखरा ।
पृथ्वी राजमार्ग बस सञ्चालक समिति अध्यक्षमा योगेन्द्र केसी निर्वाचित भएका छन् । समितिको बुधबार सम्पन्न अधिवेशनबाट केसी अध्यक्ष निर्वाचित भएका हुन् ।
अध्यक्षका लागि केसीसँग ऐनकुमार साई र धर्मराज अर्यालले प्रतिस्पर्धा गरेका थिए । दुवैलाई केसीले भारी मतान्तरले पराजित गरेका हुन् । प्रालिमा १३२७ सय सदस्य छन् । तिनै मतदाताले केसीलाई अध्यक्ष निर्वाचित गरेका हुन् । केसीले ७६२ मत ल्याए भने साईले २९० र अर्यालले ५६ मत पाएको निर्वाचन समिति संयोजक वरिष्ठ अधिवक्ता दामोदर अधिकारीले जनाए । समितिमा आवद्ध बस व्यवसायीहरु केही वर्षअघि कम्पनीमा गएका थिए ।
सञ्चालक समिति सदस्यहरुमा जयप्रसाद शर्मा (६२९), बाबुराम दवाडी (६२५), अशोककुमार चौधरी (५९९), जसबहादुर गुरुङ (५९९), काशीनाथ शर्मा न्यौपाने (५७९), मेघराज त्रिपाठी (५६२), ज्ञानबहादुर केसी (५१७), भरतकुमार मल्ल (५०४), कुष्णबहादुर बल्थौडी (४९४) र रमेशकुमार श्रेष्ठ (३९९) विजयी भएका छन् ।







‘कुलमान, बालेनसँग मिले एकता, नभए चुनावी सहकार्य’
समता काव्य सन्ध्या’ को ३८८ औं श्रृंखला
पर्यटन प्रवर्धनका लागि ‘टुर दि पोखरा’
साहारा बाल आधारभूत विद्यालयका ३४ विद्यार्थीलाई जुत्ता र मोजा वितरण
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया