पोखराका बाबुराम लमजुङमा मृत फेला

समाधान संवाददाता २०७९ भदौ ९ गते १२:२५

पोखरा ।
मध्यनेपाल नगरपालिकास्थित मादी नदीमा मंगलबार दिउँसो पौडी खेल्ने क्रममा बेपत्ता शिक्षक मृत फेला परेका छन् । पोखरा महानरपालिका ३० शिशुवा घर भई मध्यनेपाल बहरेको मालिका आधारभूत विद्यालयमा शिक्षण गर्ने ४२ वर्षीय बाबुराम अधिकारी बुधबार बिहान तनहुँको व्यास नगरपालिका १० बैरेनी स्थित धारापानीमा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक जगदीश रेग्मीले जानकारी दिए ।

Advertisement

शवको तनहुँ प्रहरीले मुचुल्का उठाउने र दमौली अस्पतालमै शव परीक्षण गरी आफन्तलाई बुझाइएको प्रहरी निरीक्षक रेग्मीको भनाइ छ । मंगलबार नेपाल बन्द भएकाले लेखनाथबाट केही साथीसहित मादीमा उनी पौडी खेल्न गएका थिए । अधिकारीको शव पोखरा ल्याई बुधवार नै सेती नदी किनार मदौरे घाटमा दाहसंस्कार गरिएको छ । उनका बुवाआमा, श्रीमती, भाइ र छोरी छन् ।

तपाईको प्रतिक्रिया