खप्तड लघुवित्तको आइपिओ खुला

समाधान संवाददाता २०७९ भदौ ९ गते १२:२९

काठमाडौँ ।
खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणका लागि साधारण सेयर निष्कासन तथा बिक्री खुला गरेको छ । कम्पनीले बुधबारदेखि प्रतिकित्ता सय अंकित मूल्यमा १ करोड ३२ लाख मूल्य बराबरका १ लाख ३२ हजार कित्ता सेयर प्रारम्भिक सार्वजनिक निष्कासन (आइपीओ)मार्फत बिक्री खुला गरेको हो ।

Advertisement

कम्पनीले निष्कासन गरेको साधारण सेयरमा कुल जारी पुँजीको ०.५ प्रतिशत अर्थात् २ हजार कित्ता सेयर कर्मचारीलाई र निष्काशित शेयरको ५ प्रतिशत अर्थात् ६ हजार ६ सय कित्ता सामूहिक लगानी कोषलाई सुरक्षित गरी बाँकी १ लाख २३ हजार ४ सय कित्ता सेयर खरिदका लागि सर्वसाधारणले आवेदन दिन पाउने कम्पनीले जारी गरेको आह्वानपत्रमा उल्लेख छ ।

सर्वसाधारणले यही भदौ १२ गतेसम्म न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार ३ सय २० कित्तासम्म खरिदका लागि आवेदन दिन सक्नेछन् । सो अवधिमा मागबमोजिम आवेदन नआए भदौ २२ गतेसम्म निष्कासन खुला रहने कम्पनीले जनाएको छ ।

नेपाल धितोपत्र बोर्डबाट सिआस्वा सुविधा प्रदान गर्न अनुमति पाएका बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयका साथै अनलाइनमार्फत ‘मेरोसेयर’ प्रयोग गरेर पनि सर्वसाधारणले सेयर खरिदका लागि आवेदन दिन सकिने कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडले जनाएको छ । धितोपत्रको सार्वजनिक निष्कासन गर्दा क्रेडिट रेटिङ गर्नुपर्ने व्यवस्थाअ नुसार रेटिङ गर्दा इक्रा नेपालले कम्पनीलाई ‘इक्राएनपी इस्युयर बीबी माइनस’ रेटिङ प्रदान गरेको छ ।

Advertisement

तपाईको प्रतिक्रिया