उद्योग व्यापार महासंघ गण्डकीमा जनक

समाधान संवाददाता २०७९ भदौ ९ गते १३:१७

पोखरा l
नेपाल उद्योग व्यापार महासंघ गण्डकी प्रदेश अध्यक्षमा जनकराज पराजुली चयन भएका छन्। । महासंघको हालै पोखरामा भएको प्रथम भेला तथा अधिवेशनबाट पराजुलीको अध्यक्षतामा ६१ सदस्य गन्डकी प्रदेश समिति सर्वसम्मत बनेको छ ।

Advertisement

अधिवेशनबाट वरिष्ठ उपाध्यक्ष अर्जुन चोखाल, उद्योग उपाध्यक्ष गणेश लामिछाने, वाणिज्य उपाध्यक्ष मोहन सुवेदी, महिला उपाध्यक्ष हेमाकुमारी तराङ (सामना), महासचिव गोविन्द थापा, कोषाध्यक्ष गोकुल कँडेल, उपमहासचिव वीरेन्द्रकुमार श्रेष्ठ, सचिव षडानन्द सापकोटा, मोतिलाल पौडेल र नारायण श्रेष्ठ छन् ।

कार्यक्रममा गण्डकी प्रदेश सरकारका अर्थमन्त्री रामजीबप्रसाद बराल जीवनले स्वाधीन तथा आत्मनिर्भर अर्थतन्त्रको विकासमा गण्डकी प्रदेशले जोड दिएको बताए । स्वदेशमा उघोग तथा कलकारखाना निर्माण गरिनुपर्ने, स्वदेशी उत्पादन प्रयोगमा जोड दिन उपभोक्तालाई अनुरोध गर्नुका साथै अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न सक्ने गुणस्तरीय सामान उत्पादनमा गर्नुपर्नेमा मन्त्री बरालको जोड छ ।

Advertisement

उद्योग व्यापार महासंघका फ्याक्सन इन्चार्ज एवं माओवादी केन्द्रका पोलिटब्युरो सदस्य गंगा कार्की, महासंघका केन्द्रीय अध्यक्ष श्यामबहादुर पाठक, वरिष्ठ उपाध्यक्ष खिमलाल भण्डारी, महासचिव श्रीवल्लव नेपाल, कोषाध्यक्ष एवं लुम्बिनी प्रदेशका अध्यक्ष खेमनारायण पराजुली, उपाध्यक्ष श्याम श्रेष्ठ, सचिव तीता पनेरु लगायतले उदोगी व्यवसायीको हकहितका बारेमा बोलेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया