इन्टर्याक्ट क्लब अफ अन्नपूर्ण बालमन्दिरको पदस्थापन

पोखरा ।
इन्टर्याक्ट क्लब अफ अन्नपूर्ण बालमन्दिरको ११ औँ पदस्थापन कार्यक्रम बुधबार भएको छ । इन्टर्याक्ट क्लव अफ अन्नपूर्ण बालमन्दिरका अध्यक्ष आदित्य देवकोटाको सभापतित्वमा भएको कार्यक्रममा १३ सदस्यीय कार्य समिति गठन गरिएको छ ।
विध्यार्थीलाई नेतृत्वकला, दक्षता अभिवृद्धि एवम सामाजिक कार्य सम्बन्धी जानकारी दिइएको थियो । कार्यक्रममा रोटरी क्लबका पूर्वध्यक्ष तथा कार्यक्रम संयोजक दिनेश शकंर पालिखे , इन्टर्याक्ट क्लब अफ अन्नपूर्ण बाल मन्दिरका अध्यक्ष आदित्य देवकोटा, केन्द्रीय पदाधिकारी विपीन सुवेदी, बालमन्दिर विद्यालयका प्राचार्य शुशिल बस्नेत, शिक्षक तिलक कार्की, रोटरी क्लव अफ अन्नपूर्णका उपाध्यक्ष तोयबहादुर भट्टराई लगायतले विधार्थीको व्यक्तित्व विकास र रोटरी सम्बन्धमा मन्तव्य व्यक्त गरेका थिए ।
बिश्वका १२० देशमा फैलिएको इन्टर्याक्ट क्लवले युवाको समग्र विकासमा विशेष कार्यक्रम गर्दै आएको रोटरी क्लवका पूर्वध्यक्ष तथा कार्यक्रम संयोजक पालिखेले जानकारी दिए ।







एमालेको काँधमा देशको जिम्मेवारी छ : अध्यक्ष ओली
पर्यटकीय गन्तव्यका रुपमा विकास हुँदै चांगा
कटुवा पेस्तोलसहित एक जना पक्राउ
दोभान कपमा पहिलो चरणका खेल
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया