तिज राष्ट्रिय दिवस होः सांसद गुरुङ
लेखनाथ ।
राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपालकी अध्यक्ष एवं गण्डकी प्रदेशकी सांसद मिना गुरुङले हरितालिका तिज पर्व मात्र नभई सम्पूर्ण महिलाहरुको राष्ट्रिय दिवस भएको बताउँदै यसलाई अभियानको रुपामा लैजानुपर्ने बताएकी छिन् । नेपाली नारीहरुको महान पर्व हरितालिका तिज पर्वको अवसरमा राष्ट्रिय सौन्दर्यकर्मी युनियन लेखनाथले राखेको तिज विशेष कार्यक्रममा बोल्दै गुरुङले महिलाहरुको विकास नभए सम्म देशको विकास हुन नसक्ने बताउँदै यस पर्वले सम्पूर्ण महिलाहरुलाई एकतावद्ध गर्दै ससक्तिकरण गर्ने अवसरको रुपमा लिनुपर्ने बताएकी थिइन् ।
राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपालकी केन्द्रीय प्रतिनिधि सुमन गुरुङले कोरोना महामारीका कारण विगतका वर्षहरुका तिज कार्यक्रम मनाउन नसकिएको र यस वर्ष सम्पूर्ण दिदिबहिनिहरु भेला भएर मनाउन पाएकोमा खुशी व्यक्त गर्दै यस्तो अवसरमा राम्रा कामहरु गर्दै समाजमा सकारात्मक भावनाको विकास गर्नुपर्ने बताएकी थिइन् ।
कार्यक्रममा वडा नम्बर २९ का अध्यक्ष चेत बहादुर गुरुङले सम्पुर्ण नारीहरुलाई तिज पर्वको शुभकामना व्यक्त गर्दै सँस्कृतिको जर्गेना गर्दै देखावटी एवम तडकभडकपूर्ण प्रवृतिलाई निरुत्साहीत गर्दै सम्पूर्ण महिलाहरुले मनाउन सक्ने पर्वको रुपमा स्थापीत गर्नुपर्ने बताए ।
संस्थाकी अध्यक्ष गोमा पुनको अध्यक्षतामा सम्पन्न कार्यक्रममा निरा मल्लले स्वागत गरेकी थिइन् भने कार्यक्रम सञ्चालन उपाध्यक्ष लता गुरुङले गरेकी थिइन् ।
तपाईको प्रतिक्रिया