राप्रपा पोखरा २९ मा पुर्नगठन

समाधान संवाददाता २०७९ भदौ १० गते १५:१६

लेखनाथ ।
सरकारले तोकेको मंसिर ४ गतेको निर्वाचनमा केन्द्रित हुँदै दलहरु पार्टी सुद्रिकरणमा अभियान सहित पार्टी कमिटी गठनमा अगाडी बढेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी पोखरा २९ ले ओम पुनको अध्यक्षतामा वडा समितिको पुर्नगठन गरेको छ । केन्द्रिय देखी जिल्ला तहका नेता तथा कार्यकर्ताको बाक्लो उपस्थितिमा भएको भेलाले उपाध्यक्षमा जमुना गुरुङ, दुर्गा राना छन्त्याल र देवि सुनारलाई चयन गरेको छ ।

Advertisement

यसैगरि समितिको सचिवमा शिवमणी भट्टराई, सह सचिवमा सौगात अधिकारी, उमेश आचार्य, प्रेमकला आचार्य र सदस्यहरुमा गोपाल थापा, किसान गुरुङ, तयाबहादुर कुमाल, खुमकान्त पाण्डे, छविलाल विक ,दण्डपाणी अधिकारी, माया गुरुङ, कर्ण श्रेष्ठ, नन्दकुमारी विक , सत्यदेवि चापागाई र अर्जुन वस्नेतलाई चयन गरेको जिल्ला सदस्य रमेस पौडेलले जानकारी दिएका छन् ।

भेला आयोजक कमिटिका संयोजक तथा राप्रपा जिल्ला समिति कास्कीका सदस्य संकर पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा राप्रपाका केन्द्रिय सदस्य भीमसेन गुरुङ , झपेन्द्रराज आचार्य, जिल्ला समितिका सदस्य नारायण प्रसाद गुरुङ, महिला सदस्य विष्णु कार्की र महानगर अध्यक्ष बिजय भण्डारी लगाएतले हिन्दु राष्ट्र स्थापनाका लागि सवै लाग्नु पर्नेमा जोड दिएका थिए ।

तपाईको प्रतिक्रिया