३२ युनिट रगत संकलन

पोखरा ।
माझठाना—पोखरा सम्पर्क समाजको आयोजना एवम रक्तसञ्चार केन्द्र रामघाटको प्राविधिक सहयोगमा आयोजित रक्तदान कार्यक्रममा ३२ युनिट रगत संकलन भएको छ । ‘रक्तदान जीवनदान’ भन्ने मूल नारा सहित अमरसिंह चोकमा आज आयोजित खुला रक्तदान कार्यक्रममा चार महिला तथा तीन जना नयाँ रक्तदाता सहित ३२ जनाले रक्तदान गरेका हुन् ।
जिल्ला प्रशासन कार्यालय कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी अनिलकुमार शाहीले पहिलो रक्तदाता रामचन्द्र तिवारीलाई व्लड व्याग हस्तान्तरण गर्दै रगतको विकल्प नभएको हुँदा रक्तदानमा सहभागि बन्न युवा वर्गलाई आव्हान गरे ।
समाजका अध्यक्ष दयाराम तिवारीको अध्यक्षतामा भएको कार्यक्रममा पोखरा २८ का वडाअध्यक्ष एवम् संस्थापक अध्यक्ष श्रीकृष्ण लामिछाने, संस्थाका सल्लाहकार ऋषिराम लामिछाने, हरि बास्तोला, सूर्य तिवारी, निवर्तमान अध्यक्ष दुर्गादत्त भुर्तेल, संस्थाका पदाधिकारी लगायतले रक्तदातालाई रक्तदानको प्रमाणपत्र हस्तान्तरण गरेका थिए ।






सुशासन र निजी क्षेत्रको सुरक्षामा प्रतिबद्ध : प्रधानमन्त्री कार्की
ठगी आरोपमा नेपाल ट्रष्टका पूर्वसहसचिव पक्राउ
५४ युनिट रगत संकलन
अनलाइन ठगीबाट बच्न कास्की प्रहरीको आग्रह
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
तपाईको प्रतिक्रिया