लिटिल स्टेप मा स्वागत तथा अभिमुखिकरण

पोखरा ।
पोखरा सिमलचौर ८ मा रहेको लिटिल स्टेप माध्यामिक विद्यालयले कक्षा ११ का विद्यार्थीलाई स्वागत तथा अभिमुखिकरण कार्यक्रम गरेको छ । संस्थाका संस्थापक प्राचार्य पम्फा गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथिको भुमिका संस्थाका संस्थापक अध्यक्ष शेर बहादुर गुरुङले गरेका थिए । विशेष अतिथिमा संस्थाका सल्लाहकार समितिका सदस्य भिमनाथ बराल र संस्थाका कार्यकारी निर्देशक राजकुमार गुरुङ रहेका थिए ।
कार्यक्रमको संचालन विद्यालयका संयोजक विनोद गिरीले गरेका थिए भने स्वागत मन्तव्य विद्यालयका संचालन प्रमुख अच्युत पौडेलले गरेका थिए । विद्यार्थी, अभिभावक, शिक्षक सम्मिलित कार्यक्रममा कक्षा १२ का विद्यार्थीले साँस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि संस्थापक अध्यक्षले विद्यालयको स्थापनाकाल देखि हाल सम्मको गतिविधि बारे प्रकाश पारेका थिए । सभाध्यक्ष पम्फा गुरुङले उपस्थितिका लागि धन्यवाद ज्ञापन गर्दै कार्यक्रमको समापन गरेकी थिइन् ।







‘कुलमान, बालेनसँग मिले एकता, नभए चुनावी सहकार्य’
समता काव्य सन्ध्या’ को ३८८ औं श्रृंखला
पर्यटन प्रवर्धनका लागि ‘टुर दि पोखरा’
साहारा बाल आधारभूत विद्यालयका ३४ विद्यार्थीलाई जुत्ता र मोजा वितरण
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया