संवैधानिक निकायमा राजनीतिक हस्तक्षेप रोक : प्रदीप पौडेल

पोखरा ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले २००७ सालअघि राणाको कानुन र पञ्चायतमा पञ्चायतको कानुनसँग काँग्रेसले लडेको बताएका छन् । डेमोक्रेटिक लयर्स एसोसिएसनको कार्यक्रममा पौडेलले शुक्रबार भने, ‘त्यो कानुनले न्याय सम्पादक गर्न सक्दैन थियो, बिपी कसैसँग डराउनु हुन्थेन, त्यसैले उहाँको हरेक विषयमा स्पष्टता हुन्थ्यो ।’
समावेशिताको आधार कांग्रेस पार्टीमार्फत बिपी कोइरालाबाट सुरुआत भएको स्मरण गर्दै प्रभावशाली नेता पौडेलले पूर्ण बजार नियन्त्रण अर्थ व्यवस्थाले न्यून आय भएका नागरिकलाई सम्वोधन गर्न नसक्ने भन्ने बुझेका बिपीबाट आज पनि उनको सकारात्मक विषयलाई उठान गर्न कमी भएको बताए ।
विद्यार्थी राजनीतिबाट उदाएका नेता पौडेलले संवैधानिक निकायलाई राजनीतिक हस्तक्षेप मुक्त बनाउनै पर्नै धारणा व्यक्त गरे । नेपाली समाजमा गढेर बसेको मनोविज्ञान उस्तै रहेकाले व्यक्ति परिवर्तन गरेर मात्र नहुने बताए । नेता पौडेलले अवस्थालाई बदल्न सक्ने गरी परिवर्तन गर्ने मनस्थिति नै परिवर्तन गर्न सक्नुपर्नेमा जोड दिए ।
निर्वाचनमा डिएलएले कांग्रेस पार्टीमा खेल्न सक्ने भूमिका बृहत रहेको बताएका पौडेलले कांग्रेसको शुभेच्छुक संस्था भएकाले विचारसँग राजनीतिलाई जोड्न आग्रह गरे । कांग्रेस वलियो र भरपर्दो वनाउने कार्य डिएलएले गर्न सक्ने भन्दै पार्टीको सधै अपेक्षा रहने उल्लेख गरे ।
मंसिर ४ को निर्वाचनमा नेपाली कांग्रेसलाई विजय गराउन भातृ तथा शभेच्छुक संस्थाको भूमिका हेरेर जनताले धारणा निर्धारण गर्ने बताए । कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले सम्मानित वरिष्ठ अधिवक्तालाई जिम्मेवारी थपिएको बताए ।
सभामा नेपाली कांग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले सम्मानित अधिवक्तालाई बधाई दिँदै प्रजातन्त्र र कानुनलाई बलियो बनाउने तागत प्राप्तीको कामना गरे । अन्तक्र्रिया कार्यक्रममा गण्डकी प्रदेश कानुन, सञ्चार तथा प्रदेश मामिला मन्त्री विन्दुकुमार थापाले प्रदेश सरकारले नागरिकलाई केन्द्रमा राखेर कानुनको निर्माण भइरहेको बताए ।
लोकतन्त्रमा कानुन बलियो भएमात्र स्वच्छ, मार्यादित र समाज सुहाउँदो नीति बन्ने बताए । सभामा नेपाली कांग्रेस कास्कीका पार्टी सभापति किशोरदत्त बराल, डिएलए गण्डकी प्रदेशका उपाध्यक्ष फणिन्द्रराज कोइराला, नेपाल बार एसोसिएसनका केन्द्रीय उपाध्यक्ष अधिवक्ता वीरेन्द्र केसी, सदस्य विनीता नेपाली, मुकुन्दराज अर्याल, धु्रवमोहन भट्टराई लगायतले बोलेका थिए । कास्की जिल्ला अध्यक्ष कपिलमणि दाहालको अध्यक्षतामा भएको सभा अधिवक्ता तथा एसोसिएसन कास्की सचिव कृष्णकुमारी गुरुङले सञ्चालन गरेकी थिइन् ।
डेमोक्रेटिक लयर्स एसोसिएसन कास्की जिल्लाले वरिष्ठ अधिवक्ता माधवराज बास्तोला, मुकुन्दराज अर्याल, मोहननाथ कोइराला, दामोदर अधिकारी, जगन्नाथ ढकाल, खगेन्द्रराज आचार्य, विष्णुकुशल भुजेल, सुरेन्द्र थापा मगर र जनकबहादुर बोहरालाई सम्मान गरेको छ । विभिन्न योगदानका आधारमा उनीहरुलाई सम्मान गरिएको डेमोक्रेटिक लयर्स एसोसिएसनले जनाएको छ ।
अन्तक्र्रिया कार्यक्रममा डिएलए कास्की अध्यक्ष दाहाल र कानुन व्यवसायी गण्डकी प्रदेशका परिषदका पार्षद सदस्य तथा वरिष्ठ अधिवक्ता मुकुन्दराज अर्यालले कानुन व्यसायीको मर्यादा अभिवृद्धिमा कानुन व्यवसायीको भूमिका विषयक कार्यपत्र प्रस्तुत गरेका थिए ।
तपाईको प्रतिक्रिया