माछापुच्छ्रे गाउँपालिकाले गर्यो विज्ञसँग छलफल

पोखरा ।
कास्कीको गाउँपालिकाले शुक्रबार विज्ञहरुसँग छलफल गरेको छ । गाउँपालिकाका प्राकृतिक तथा ऐतिहासिक र सांस्कृतिक सम्पदाहरुको पहिचान गरी तिनको सदुपयोग गर्ने तौरतरिकाहरुबारे विज्ञहरुसँग छलफल भएको हो ।
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका सदस्य डा जुद्ध गुरुङ र नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा जगमान गुरुङ छलफलमा आएका थिए । उनीहरुले गाउँपालिकाको स्रोत पहिचान गरी समृद्धि बन्न सकिने सम्भावनाहरु औंल्याए । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)का प्रमुख राजकुमार गुरुङले पनि संरक्षण र विकासबारेमा आफ्ना धारणा राखे ।
आयोगका सदस्य जुद्धले आयोगका काम कर्तव्य र अधिकारबारे प्रस्तुति दिएका थिए । उनको प्रस्तुतिमा आयोगले राजस्व लगायत स्रोतको बाँडफाँड केकसरी गर्छ भन्नेबारे जानकारी थियो । उपकुलपति डा जगमानले माछापुच्छ्रे हिमालको महत्वबारे प्रकाश पारेका थिए । गाउँपालिकाका अध्यक्ष मीनबहादुर गुरुङले माछापुच्छ«ेको समृद्धिको विकासका लागि सबैतिरको सरसहयोग लिएर अघि बढ्ने बताए ।
तपाईको प्रतिक्रिया