नवौं राष्ट्रिय खेलकुद: क्रिकेट र उसु खेलाडी छानिए

पोखरा ।
नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत कास्कीमा क्रिकेट महिला तथा पुरुष र उसुका महिला तथा पुरुष खेलाडी छानिएका छन् । जिल्ला खेलकुद विकास समिति कास्कीका अनुसार यी दुईसहित शनिबार अन्य २ खेलका छनोट भएका छन् । क्रिकेट पुरुषमा नवौंका लागि अमृत गुरुङको कप्तानीमा २ वैकल्पिकसहित १४ खेलाडी छनोट भएका छन् ।
छनोट हुने खेलाडीमा अनिल गुरुङ, मुस्कान थापा, अभिषेक थापा, सुभाष भण्डारी, आयुष सैञ्जु, कृष्ण पौडेल, किरण पौडेल, विपिन खत्री, सुदीप पौडेल, विधान श्रेष्ठ, विश्वास पराजुली, सचेत कार्की र अर्जुन कुमाल छन् । वैकल्पिकमा नितेश गिरी र सिवरिन श्रेष्ठ छन् ।
महिला क्रिकेटतर्फ सृष्टि जैसीको कप्तानीमा १४ सहित ४ जना वैकल्पिक खेलाडी छनोट भएको जिल्ला खेलकुदकी कोषाध्यक्ष कञ्चन थापाले जनाएकी छन् । सीता रेग्मी क्षेत्री (उपकप्तान), सृजना पौडेल, सुजाता थापा, गंगा बस्नेत, पेम्बा लेम्बु शेर्पा, यशोदा भुजेल, वीनिता नेपाली, श्रद्धा गुरुङ, एलिना विक, सजना खत्री, रचना चौधरी, विन्दु थापा र सम्झना विक छानिएका छन् । वैकल्पिकमा वीनिता सिग्देल, आश्ना पौडेल, रिया गुरुङ र सुशीला तामाङ छन् ।
कास्कीमा उसुतर्फ महिला र पुरुष गरी १९ खेलाडी छनोट हुन सफल भएका छन् । पुरुष सान्सौतर्फ विभिन्न तौलमा ९ जना र महिलातर्फ ७ गरी १६ जना र छानछवान पुरुषतर्फ मिग्मा छिरिङ लामा, महिलातर्फ सोफिया गुरुङ, नानछवान पुरुषतर्फ निश्चल रोक्का, महिलातर्फ वीनिता राई, थाइची छवान पुरुषतर्फ प्रयास मगर छनोट हुन सफल भएका छन् ।








पर्यटन प्रवद्र्धनसँगै पोखरा महोत्सवको प्रचार सुरु
निर्वाचन आयोगको प्रतिवेदन पेस
टेवानमा सचेतना
हचुवामा संरचना, करोड खर्चेपछि खारेज
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया