मौलिक जरोकिलो पार्टी गण्डकीमा हरि
समाधान संवाददाता
२०७९ भदौ १२ गते १२:५८
पोखरा ।
मौलिक जरोकिलो पार्टी गण्डकी प्रदेशको दोस्रो अधिवेशनले हरि नेपाललाई दोस्रो कार्यकालका लागि अध्यक्ष निर्वाचित गरेको छ । तनहुँको आबुखैरेनीमा शनिबार भएको अधिवेशनले नेपालको अध्यक्षतामा ७ सदस्यीय कार्य समिति निर्वाचित गरेको छ ।
प्रदेश उपाध्यक्षमा टोलराज वाग्ले, महासचिव भरत गिरी, सचिव पद्मा राना, कोषाध्यक्ष जगन्नाथ वाग्ले र सदस्यमा सन्त देवकोटा र चिजकुमार श्रेष्ठ छन् । कार्यक्रममा पार्टी प्रवक्ता प्रकाश श्रेष्ठ, केन्द्रीय समिति सदस्यहरु दिलबहादुर क्षेत्री, मदन पौडेल र कमल न्यौपानेले बोलेका थिए ।
सम्बन्धित
तपाईको प्रतिक्रिया