बागी उम्मेदवारलाई पार्टीमा फर्कन कांग्रेसको आग्रह

तनहुँ ।
नेपाली कांग्रेस तनहुँले पार्टीबाट अलग भएर स्वतन्त्र भूमिकामा रहेकाहरुलाई मुलधारमा फर्कन आग्रह गरेको छ । नेपाली कांग्रेस तनहुँका सभापति जीत प्रकाश आलेले आइतबार विज्ञप्ती जारी गरी पार्टीलाई सम्मान गरी विना सर्त नेपाली कांग्रेसको मुलधारमा फर्कन आग्रह गरेका हुन् । स्थानीय तहको निर्वाचनमा बागी उम्मेदवारी दिएको भन्दै पार्टी बाट निस्कासन गरेको थियो । अहिले उनीहरुलाई नै पार्टीको मुल धारमा फर्कन तनहुँ कांगे्रसले आग्रह गरेको हो ।
साथै आगामी दिनमा पार्टीबाट मुल्यांकन र सम्मानमा कुनै विभेद नहुने समेत उनले विज्ञप्ती मार्फत प्रतिवद्धता व्यक्त गरेका छन् । साथै विगतमा पार्टीबाट अवसर र अनुभव लिएका र हाल पनि अवसर प्राप्तीको नजिक रहेका नेता कार्यकर्ताको तत्कालको आक्रोशले पार्टीलाई क्षति पुगेको समेत उल्लेख गरिएको छ ।
धेरै लामो समयसम्म पार्टीमा रहेर नेतृत्व सम्हालेका साथीहरु मूलधार भन्दा बाहिर रहनुहुन्न भन्ने मान्यता राख्दै जिल्ला कार्यसमितिको शुक्रबार बसेको बैठकले मुलधारमा समाहित हुन आग्रह गरीसकेको विज्ञप्तीमा भनिएको छ ।
‘२०७९ बैशाखमा भएको स्थानीय तहको निर्वाचनका सन्दर्भमा पार्टीका जिम्मेवार निकायबाट न्यायपूर्ण निर्णयगर्न प्रयत्न गर्दागर्दै केही साथीहरु पार्टीबाट राजीनामा दिई वा पार्टीका उम्मेवार विरुद्ध संगठित अभियानमा लागि विचलित हुनुभएको हामी जानकार नै छौँ’, ‘विज्ञप्तीमा उल्लेख छ ।










निर्वाचन ६९ दिन बाँकी : प्रतिनिधिसभा चुनावमा क–कसलाई लाग्छ आचारसंहिता ?
पोखरामा रनिङ शिल्ड र मेयर कपको चटारो: पदक जित्न विद्यार्थीबिच तीव्र प्रतिष्पर्धा
पोखराको सुन्तला ब्रान्डिङ गर्न हर्राबोटमा महोत्सव, किसानलाई प्रतिकिलो १० रुपैयाँ अनुदान
महाकालेश्वर मार्ग टोल विकासको अध्यक्षमा हेमराज चालिसे
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
तपाईको प्रतिक्रिया