लेखनाथ सहकारीमा वक्तृत्वकला

लेखनाथ ।
लेखनाथ सामुदायिक बचत तथा ऋण सहकारीले स्थापना दिवसका अवसरमा आयोजना गरेको अन्तर मावि वक्तृत्व कला प्रतियोगितामा डायमन्ड मोडल बोर्डिङकी कृपा अधिकारी प्रथम भएकी छन् । सहकारीले साताव्यापी कार्यक्रमका साथ स्थापना दिवस मनाइरहेको छ ।
दिवसको अन्तिम दिन सहकारी संस्थाको समुदायमा महत्व र उपयोगिता शीर्षकमा भएको वक्तृत्वकला प्रतियोगितामा लक्ष्मी आदर्श माविका विपिन सुवेदीले दोस्रो, ज्ञानज्योति स्कुलकी खुसी गौतम तेस्रो र न्यु लाइट बोर्डिङ स्कुलकी युरिका सुवेदी सान्त्वना बने ।
विजयी विद्यार्थीलाई पोखरा २७ का वडाध्यक्ष पुर्णकुमार गुरुङले पुरस्कार वितरण गरे । उनले विषयवस्तुमा केन्द्रित भई खुला रुपले प्रतिभा प्रस्फुटन गर्दा विद्यार्थीको क्षमता बढ्ने बताए । सहकारीका उपाध्यक्ष हिमालय ओझाको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य बाबुराम गिरी, कार्यक्रम संयोजक लक्ष्मी बास्तोला, संस्थाका सचिव कृष्णप्रसाद तिवारी लगायतले बोलेका थिए । निर्णायकमा अपिल कोइराला, पिताम्बर पौडेल र रवीन्द्रराज पौडेल थिए ।








एनपिएलः चार टोली च्याम्पियन बन्ने दौडमा
मानवसेवा आश्रमका २१ जिल्लामा ३० सेवा केन्द्र
पोखरा विमानस्थल भ्रष्टाचार प्रकरणमा पूर्वअर्थमन्त्री महतसहित ५५ जनाविरुद्ध मुद्दा चल्ने
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
भैरव मन्दिरमा कात्तिक २६ गतेबाट दर्शन र पूजा सुरु हुने
तपाईको प्रतिक्रिया