पोखरा पर्यटन परिषदमा चुनिए पदाधिकारी
समाधान संवाददाता
२०७९ भदौ १२ गते १५:०४

पोखरा ।
पोखराको पर्यटन व्यवसायीको छाता संगठन पोखरा पयर्टन परिषदमा पदाधिकारी मनोनीत भएका छन् । समितिको अध्यक्षमा बिहीबारको अधिवेशनले पोमनारायण श्रेष्ठलाई चयन गरेको थियो । बाँकी पदाधिकारी भने आइतबार बसेको बैठकमा चुनिएका हुन् ।
प्रथम उपध्यक्षमा कृष्णप्रसाद भण्डारी, द्वितीय उपाध्यक्षमा तारानाथ पहारी, महासचिवमा सञ्जयकान्त सिग्देल, सचिवमा हरि भुजेल, कोषाध्यक्षमा चौबहादुर गरुङ, सहकोषाध्यक्षमा बबरजंग गुरुङ रहेको अध्यक्ष श्रेष्ठले जानकारी दिए । कार्यसमिति सदस्यमा कृष्णप्रसाद काफ्ले, जीवनराज सपकोटा, निमबहादुर मगर छन् ।
सम्बन्धित
तपाईको प्रतिक्रिया