राष्ट्रिय खेलकुदका लागि प्याराग्लाइडिङ खेलाडी छानिए

पोखरा ।
नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि कास्कीबाट प्याराग्लाइडिङ खेलाडी छनोट भएका छन् । नेपाल प्याराग्लाइडिङ तथा ह्याङग्लाइडिङ संघ गण्डकीले खेलाडी छनोट गरेको जनाएको हो । संघका अध्यक्ष तथा प्रदेश खेलकुद परिषदका सदस्य बसन्तराज दवाडीका अनुसार नवौं राष्ट्रिय प्रतियोगिता प्रदेश स्तरियका लागि दुई छुट्टा–छुट्टै इभेन्टका लागि खेलाडी छनोट गरिएको जनाएका छन् ।
जिल्ला खेलकुद विकास समितिकी कोषाध्यक्ष कन्चन थापाले प्याराग्लाइडिङ २ बैकल्पिक सहित महिला र पुरुष गरी १५ जनाको अन्तिम नामावली प्राप्त भएको बताइन् । छनोट हुन सफल मेन्स क्रस कन्ट्रितर्फका खेलाडीमा विजय गौतम, युकेश गुरुङ, शुसिल गुरुङ र शेर बहादुर गुरुङ रहेका छन् । सो इभेन्टमा आशिष थापा बैकल्पिक खेलाडीका रुपमा रहेका छन् ।
त्यसैगरी मेन्स एकुररेसीतर्फ रिकी पोडे, सुमन थापा, अमित थापा, सागर नेपाली र हरि थापा छन् । सो इभेन्टमा विष्णु गौतम बैकल्पिकका रुपमा रहेका छन् । यता महिलातर्फको क्रस कन्ट्रिमा त्रिशा श्रेष्ठ र सुष्मिता सुनुवार तथा महिला एक्युरेसीमा कृसु पौडेल र रितु श्रेष्ठ रहेका छन् ।
छनोट भएका खेलाडीहरुले भदौ १६ देखि १८ गते सम्म पोखरामा सञ्चालन हुने प्रदेशस्तरिय छनोटमा सहभागिता जनाउने जिल्ला खेलकुदका कार्यालय प्रमुख प्रकाश बरालले जनाएका छन् ।








बागलुङ महोत्सवः १० लाख दर्शक, १० करोडको कारोबार हुने अपेक्षा
भारतीय ‘टुर अपरेटर’ टोली पोखरामा
अमृत गुरुङसहित ९ जनालाई पोखरा महानगरको नवरत्न सम्मान
दैनिक १ सय ३० कामदार खटाएर मादी पुल निर्माण गरिँदै
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया