जोण्टा क्लवको तीज लक्षित स्वास्थ्य शिविर

समाधान संवाददाता २०७९ भदौ १२ गते १६:२२

पोखरा ।
जोण्टा क्लवको आयोजनामा पोखरामा महिलाहरुका लागि दुई दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । जन्यन्ति ट्रष्टसंगको सहकार्यमा ‘गो रेड फर उमन’ नारा दिइएको शिविर पोखराको भाटभटेनि प्राङगणमा भएको हो ।
कार्यक्रममा झण्डै ४ सय महिलाले लाभ लिएको जोण्टा क्लव अफ पोखराका अध्यक्ष मोनिका थापाले जानकारी दिइन् । शिविरमा निःशुल्क ब्लड प्रेसर, नाप, तौल, ईसिजी, बिएमआई, ब्लड ग्लुकोज लगायत टेष्ट गराइएको उनले बताइन् ।

Advertisement

कार्यक्रमका प्रमुख अतिथि पोखरा एकेडेमी अफ हेल्थ साईन्सका भिसी प्रोफेसर डा.डुक बहादुर क्षेत्रीले तीजको बेला महिलाहरुलाई लक्षित गरि आयोजित कार्यक्रम सान्दर्भिक भएको बताए । यो सामाजिक क्षेत्रका लागि उदाहरणिय कार्य भएको उनको भनाई थियो ।

कार्यक्रमका विशिष्त अतिथि पोखरा महानगरपालिका वडा न.९ का वडा अध्यक्ष दीपेन्द्र मर्सानीले कार्यक्रमले समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने विश्वास व्यक्त गरे । क्लबले आगामी दिनहरुमा आयोजना गर्ने कामहरुमा पनि वडाले हातेमालो गर्ने मर्सानीले जनाए । महिलाहरुको पर्व हरितालिका तीजका अवसरमा आयोजित कार्यक्रम क्लवका महासचिव नेलिसा ठकुरीले सञ्चालन गरेकी थिइन् ।

Advertisement

तपाईको प्रतिक्रिया