प्रजातन्त्रवादी चिकित्सक संघ गण्डकीको अध्यक्षमा सूर्यज्योति

समाधान संवाददाता २०७९ भदौ १२ गते १९:३५

पोखरा ।
प्रजातन्त्रवादी चिकित्सक संघ गण्डकीको अध्यक्षमा डा. सूर्यज्योति श्रेष्ठ चयन भएका छन् । संघको हालै सम्पन्न महाधिवेशनमा निर्वाचित समितिले प्रादेशिक स्तरमा समेत शाखा विस्तार गरेको हो ।

Advertisement


संघको उपाध्यक्षमा डा. ईश्वर पौडेल, महासचिवमा डा. प्रेम पंगेनी, सचिवमा डा. आनन्द भट्टराई र कोषाध्यक्षमा डा. दीपेश कार्की चयन भएका छन् । संघका केन्द्रीय अध्यक्ष अनिलविक्रम शाहीले गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल र नेपाली कांग्रेस गण्डकी सभापति शुक्रराज शर्माको उपस्थितिमा आइतबार पदाधिकारी र सदस्य एवं जिल्ला संयोजकहरुको नाम घोषणा गरे ।

समितिको सदस्यमा डा. शिवशंकर शाह, डा. रञ्जन पोखरेल, डा. शेखर कायस्थ, डा. रमेश आचार्य, डा. गरिमा बराल, डा, कृष्ण सापकोटा, डा. शिव रेग्मी, डा. ध्रुव पौडेल, डा. हिमलाल भण्डारी, डा.निकुन्ज योगी, डा.नीरज थापा, डा. पूजन शर्मा, डा. सुमन बराल, डा. विवेक पराजुली चयन भएका छन् ।

जिल्ला संयोजकमा डा. रामजी बराल कास्की, डा. सुदीप रेग्मी स्याङ्जा, डा. शैलेन्द्र पोखरेल विक, डा. मंगल हिराचन मनाङ, डा. रामकुमार श्रेष्ठ तनहुँ, डा. विनोद दवाडी गोर्खा, डा गंगा सापकोटा नवलपुर, डा तीलक घिमिरे लमजुङ, डा. अनु शेरचन मुस्ताङ चयन भए । मनाङ र पर्वतमा संयोजक चयन हुन बाँकी छन् ।

कार्यक्रममा संवोधन गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले चिकित्सकहरुले दलको झण्डा बोकेर होइन कि नरम व्यवहारबाट पहिचान स्थापित गर्नसक्नुपर्ने बताए । नीति निर्माण तहमा सबै वर्ग, समुदाय र पेसागत क्षेत्रको प्रतिनिधित्व हुनुपर्नेमा जोड दिँदै उनले चिकित्सकहरुलाई पनि पार्टीले यस्ता विषयमा समेट्दै लैजाने प्रतिबद्धता जनाए । कार्यथलोमा चिकित्सकहरुमाथि हुने दुव्र्यवहार, न्यून वेतनको समस्या, चिकित्सा विज्ञान अध्ययन महँगो बन्दै गएको प्रति आफू जानकार रहेको भन्दै यी समस्या निराकरणका लागि गण्डकी प्रदेश सरकार प्रतिबद्ध रहेको बताए ।

Advertisement

नेपाली कांग्रेस गण्डकी प्रदेश सभापति शुक्रराज शर्माले शिक्षा र स्वास्थ्य निशुल्क गराउन पार्टी प्रतिबद्ध रहेको बताए । पार्टीको शीर उच्च बनाउने गरी काम गर्न आग्रह गर्दै चिकित्सकहरुले खेप्दै आएका झण्झट समाधानका लागि आफूहरु चिन्तित रहेको भनाइ राखे । चिकित्सा विज्ञान आफैमा भौतिकवादी भए पनि त्यसलाई व्यवहारमा उतार्नका लागि आध्यात्मिक शक्ति प्रयोग गर्न आग्रह गरे ।

कार्यक्रममा संघका केन्द्रीय अध्यक्ष कार्कीले महंगो पढाइ सकेर पनि चिकित्सहरु अहिले न्यून वेतनमा काम गर्नु परेको वाध्यता सुनाए । चिकित्सकलाई भनाइमा सम्मान गरेजस्तो देखिए पनि वास्तविकता त्यस्तो नरहेको उनको भनाइ थियो । चिकित्सकको शुल्क निर्धारणमा सरकार उदासिन रहेको उनको आरोप थियो । नेपालका हरेक लोकतान्त्रिक आन्दोलनमा चिकित्सकहरु सहभागी गरेको स्मरण गर्दै उनले तर राजनीतिक नियुक्ति गर्ने बेलामा बेवास्ता हुने गरेकोप्रति उनले ध्यानाकर्षण गराए ।

उक्त अवसरमा नेपाल चिकित्सक संघ गण्डकी अध्यक्ष डा. राजन शर्मा, पूर्व अध्यक्ष डा. निर्मल लामिछाने, डा. बद्री पौडेल, नेपाल प्रजातन्त्रवादी चिकित्सक संघ वागमती अध्यक्ष डा. मनोहरदिन शैयदले चिकित्सले भोग्नुपरेका समस्याका बारेमा भनाइ राखेका थिए ।

संघ नेपाली कांग्रेसको शुभेच्छुक संस्था हो । २०६८ स्थापित संस्थाको संस्थापक सभापति डा. केदारनरसिंह केसी हुन् । यो संस्थाबाट ५ जना महाधिवेशन प्रतिनिधि र ३ जना महासमिति सदस्य नेपाली कांग्रेसका लागि चयन हुने प्रावधान छ ।

तपाईको प्रतिक्रिया