कास्की १ ‘ख’ बाट उम्मेदवार बन्न कांग्रेसमा २ दर्जनभन्दा बढी आकांक्षी

पोखरा ।
आउँदो प्रदेश सभा, प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवार छनोटका लागि नेपाली कांग्रेसले तयारी सुरु गरेको छ । त्यसक्रममा कास्की निर्वाचन क्षेत्र नम्बर १ का प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर ‘ख’मा आकांक्षीहरुले पार्टी समितिमा नाम टिपाएका छन् ।
उक्त निर्वाचन क्षेत्रबाट प्रत्यक्ष निर्वाचनको उम्मेदवार बन्न ७ जनाले आकांक्षा देखाएका छन् । समानुपातिक उम्मेदवारका लागि २२ जना इच्छुक देखिएको नेपाली कांग्रेस कास्की १ ‘ख’ समिति सचिव कीर्तिबल्लभ त्रिपाठीले जानकारी दिए ।
उक्त क्षेत्रबाट प्रत्यक्ष उम्मेदवार बन्ने आकांक्षीमा प्रदेश सभा निर्वाचन क्षेत्र समिति सभापति कृष्णप्रसाद कोइराला, महासमिति सदस्य दीपक गुरुङ, विकास लामा गुरुङ, जिल्ला समिति सचिव भानुभक्त ढकाल, नवीन सिग्देल, अनिता तिमिल्सिना र भोजप्रसाद गुरुङ छन् ।
समानुपातिक उम्मेदवार बन्न संज्ञा पोखरेल, बजिरमान श्रेष्ठ, माया बराल क्षेत्री, पूर्णकला घर्ती, आनन्दी राणा, निशा मल्ल ठकुरी, रेनुका गुरुङ, पर्शुराम बि पोखरेल, चौबहादुर गुरुङ, मीरादेवी आचार्य, शिरोमणि बराल, सरिता कार्की, लोककुमारी गुरुङ, इन्द्रमाया बानियाँ, नारायणप्रसाद बराल, विष्णु कार्की, रामकुमारी पौडेल, लेखबहादुर गुरुङ, अर्जुन गुरुङ र यमबहादुर गुरुङ आकांक्षी देखिएका छन् ।
नेपाली कांग्रेस प्रदेश सभा निर्वाचन क्षेत्र समितिले आकांक्षीमध्ये प्रत्यक्षतर्फ एकजना महिलासहित ३ जनाको नाम पार्टी केन्द्रलाई सिफारिस गर्नेछ ।









पोखराका मुख्य सडकबाट कवाडी र वर्कसप हटाउन ३५ दिने ‘अल्टिमेटम’
गण्डकीका १० निष्क्रिय सहकारीको दर्ता खारेज, दायित्व सञ्चालककै जिम्मामा
तीन दशकपछि पोखरामा गुञ्जिनेछ एक्स नेपथ्यको आवाज
सिङ्दीमा २८ जनाको मोतिबिन्दुको निशुल्क शल्यक्रिया
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया